बाँकेमा सबैभन्दा बढी मोटरसाईकल दुर्घटना


सेतोखरी सेतोखरी   बुधबार, असार १९, २०८१
बाँकेमा सबैभन्दा बढी मोटरसाईकल दुर्घटना

नेपालगन्ज १९ असार : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांकले जिल्लामा हुने सडक दुर्घटनामा सबैभन्दा बढि मोटरसाईकल दुर्घटना हुने गरेकोछ ।

यो पनि पढ्नुहोस् ‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : ३५ दुर्घटना २४ जनाको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार जिल्लामा हुने दुर्घटनामा सबैभन्दा बढि मोटरसाईकलको संख्या बढी छ ।

उनका अनुसार चालु आर्थिक वर्षमा बाँकेमा सबैभन्दा बढी मोटरसाइकल ११२ वटा, ट्रक १८ वटा, टिप्पर ४ वटा, बस १३ वटा, माइक्रो ४ वटा, जिप कार १७ वटा, ट्याक्टर ८ वटा, टेम्पो १२ वटा र अन्य २२ गरेर २१० वटा दुर्घटना भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् सवारी साधन कारबाहीबाट ट्राफिकले उठायो दुई करोड ४४ लाख जरिवाना

सोही प्रकारले चालकको लापरबाही र सर्वसाधारणले सडक अनुशासन पालना नगर्दा मानिसको ज्यान जाने हुँदा ट्राफिक नियम कडाइ र जानकारीको लागि दुई हजार ३२६ पटक एक लाख २० हजार ३६५ जना व्यक्ति र जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरिएको प्रमुख सुवेदीले बताए ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज–सुर्खेत सडकखण्ड, पूर्व पश्चिम राजमार्गको ढकेरी–शम्शेरगन्ज सडकखण्ड र नेपालगन्ज–गुलरिया सडकखण्डमा बढी दुर्घटनाहरू हुने गरेको पाइएको छ ।

यो पनि पढ्नुहोस् बाँकेमा ३१ हजार १५९ सवारी साधनलाई कारबाही