नेपालगन्ज १९ असार : चालु आर्थिक वर्ष असार पहिलो सातासम्म बाँकेमा सडक दुर्घटनामा परि ६३ जनाले ज्यान गुमाएका छन् ।
यो पनि पढ्नुहोस् बाँकेमा सबैभन्दा बढी मोटरसाईकल दुर्घटना
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार जिल्लाका विभिन्न स्थानमा भएको विभिन्न सवारी साधन दुर्घटनाबाट ६३ जनाले ज्यान गुमाएका हुन् ।
ती दुर्घटनामा सबैभन्दा बढी पुरुष ४५ जनाको मृत्यु भएको छ भने महिला १६, बालक दुई गरी ६३ जनाको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यो पनि पढ्नुहोस् ‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : ३५ दुर्घटना २४ जनाको मृत्यु
यही अवधिमा सवारी दुर्घटनामा १०२ गम्भीर घाइते भएका छन् भने ९९ साधारण घाइते भएका छन् । यो अवधिमा सवारी दुर्घटनामा १० पशुचौपाया समेत मरेका छन् भने ३ घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।
यो पनि पढ्नुहोस् सवारी साधन कारबाहीबाट ट्राफिकले उठायो दुई करोड ४४ लाख जरिवाना
ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज–सुर्खेत सडकखण्ड, पूर्व पश्चिम राजमार्गको ढकेरी–शम्शेरगन्ज सडकखण्ड र नेपालगन्ज–गुलरिया सडकखण्डमा बढी दुर्घटनाहरू हुने गरेको पाइएको छ ।
यो पनि पढ्नुहोस् बाँकेमा ३१ हजार १५९ सवारी साधनलाई कारबाही