अष्ट्रेलियामा छोरीको विवाह वार्षिकोत्सवमा सहभागी हुन गएका एक नेपालीको कारको ठक्करबाट मृत्यु


सेतोखरी सेतोखरी   बुधबार, असार १९, २०८१
अष्ट्रेलियामा छोरीको विवाह वार्षिकोत्सवमा सहभागी हुन गएका एक नेपालीको कारको ठक्करबाट मृत्यु

नेपालगन्ज १९ असार : अष्ट्रेलियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।

यही आईतबार राति करिब ११ः४५ बजे सिड्नीको उत्तरपश्चिममा मेलोन्बास्थित एबेल रोडमा कारले ठक्कर दिँदा ७९ वर्षिय वृद्धको मृत्यु भएको डेलीमेलले जनाएको छ ।

ती वृद्धको पहिचान खुल्न सकेको छैन । उनी छोरीको २५औं विवाहको वार्षिकोत्सवमा सहभागी हुन नेपालबाट अष्ट्रेलिया गएका थिए ।

प्रहरीले कारको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । जुन कथित हिट एण्ड रनमा संलग्न रहेको विश्वास गरिएको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

प्रहरीले सवारी साधन र घटनाको समयमा भित्र यात्रा गरेका व्यक्तिहरूको पहिचान गर्न सर्वसाधारणलाई सहयोगको लागि अपील गरेको छ ।

क्र्यास इन्भेस्टिगेशन युनिटमा संलग्न विशेषज्ञ अधिकारीहरूद्वारा अपराध स्थल स्थापना र फोरेन्सिक रूपमा जाँच गरिएको छ ।

घटनाको वास्तविक अवस्था पत्ता लगाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सो घटनाबारेमा कुनै सूचना मिलेमा १८००३३३००० नम्बरमा क्राइम स्टप्पर्सलाई फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ । -नेपालभ्युजबाट