एसइईको नतिजामा बाँके कमजोर, १६ विद्यालयको नतिजा शून्य


विजय मल्ल विजय मल्ल   बुधबार, असार १९, २०८१
एसइईको नतिजामा बाँके कमजोर, १६ विद्यालयको नतिजा शून्य

File Photo

नेपालगन्ज १९ असार : माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा यसपटक बाँके कमजोर बनेकोछ । भर्खरै सार्वजनिक भएको एसइईको नतिजामा बाँके कमजोर पाइएपछि सम्बद्ध सरोकारवाला चिन्तित बनेका छन् ।

एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेको बाँकेमा १०१ वटा सामुदायिक र ९७ वटा निजी विद्यालय गरी १९८ वटा माध्यमिक विद्यालय छन् । 

यो पनि पढ्नुहोस्  एसईई परीक्षामा बाँकेका ३२ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

शिक्षा र स्वास्थ्यको हबका रुपमा परिचित बाँकेका १६ वटा विद्यालयले एसईई परीक्षामा एक जना पनि विद्यार्थी पास गराउन सकेनन् । जसमा १२ वटा सामुदायिक विद्यालय छन् भने ४ वटा संस्थागत विद्यालय छन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरपालिकाले नै चलाइरहेको नेपालगन्ज कन्या माविले पनि एक जना पनि विद्यार्थी पास गराउन सकेन । बाँकेका १० वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएकाछन् । शतप्रतिशत नतिजा ल्याउने सबैं संस्थागत विद्यालयहरु छन् ।

सामुदायिकतर्फ सबैभन्दा राम्रो नतिजा ल्याउने खजुरा गाउँपालिकाको जनता मावि सन्तकुटी विद्यालय नै राम्रो नतिजा क्रममा १८ औं नम्बरमा छ । उक्त विद्यालयमा ९४ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो पनि पढ्नुहोस्  बाँकेका ६ हजार ३ सय ३ विद्यार्थी पुरक परीक्षामा सहभागि हुने

यस्तै शतप्रतिशत नतिजा ल्याउने १० विद्यालय छन् । ती सबै विद्यालय भने संस्थागत विद्यालय हुन् । भने १० वटा विद्यालयमा एक जना मात्र उत्तीर्ण भएकाछन् । सामुदायिक विद्यालयतर्फ ईश्वरी मावि एच गाउँबाट सबैभन्दा बढी ८०.६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएकाछन् । 

२०८० सालको एसईई परीक्षामा जिल्लाका कुल ९ हजार २ सय ९३ विद्यार्थी सम्मलित भए । यी विद्यार्थी मध्ये आधा भन्दा धेरै विद्यार्थी एसईई परीक्षामा अनुत्र्तीण भएको पाइएको हो । 

परीक्षामा सहभागीमध्ये ३२ दशमलव ३२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भए । आधा भन्दा धेरै विद्यार्थी एसईईको परीक्षामा अनुत्तीर्ण भएपछि यतिबेला समग्र बाँकेको शैक्षिक प्रणालीमाथि प्रश्न खडा भएकोछ ।

कुल ९ हजार २ सय ९३ जना सम्मलित एसईईको परीक्षामा ६ हजार ३०३ जना विद्यार्थी अनुत्तीर्ण भएकाछन् । तीन हजार ४ जना विद्यार्थी उत्र्तीण हुँदा एक विषय लागेका विद्यार्थीको संख्या एक हजार २३८ र दुई विषय लागेका विद्यार्थीको संख्या एक हजार २२४ रहेको तथ्यांकले देखाएकोछ ।  यस्तै एनजी(अवर्गिकृत) संख्या ६ हजार ३०३ जना रहेका छन् । यो भनेको एसईईमा फेल भएका हुन् । 

यसपटकको एसईई परीक्षामा बाँकेका २६१ जना विद्यार्थीले ए प्लस, ९३१ विद्यार्थीले ए, एक हजार ९१ जना विद्यार्थीले बी प्लस, ६३० जना विद्यार्थीले बी र ९१ जना विद्यार्थीले सी प्लस ल्याएका छन् ।

यो पनि पढ्नुहोस् यसपटक एसईईमा ४७.८६ मात्र विद्यार्थी उत्तीर्ण

उत्तीर्ण हुनेभन्दा अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या धेरै भएकाले बाँकेको शैक्षिक प्रणाली र ठूलो रकम खर्चेर आफ्ना बच्चा पढाइरहेका अभिभावकलाई यतिबेला हाईसन्चो छैन ।पठनपाठनलाई कसरी प्रभावकारी बनाउने ? विद्यार्थी र अभिभावकलाई शिक्षाप्रति चासो कसरी बनाउने र सरकारले कस्तो नीति बनाउने  लगायतको विषयमा प्रश्न उब्जिएकोछ ।

परीक्षाको अवधि र नतिजा आएपछि मात्र चासो र चिन्ता गरेर शिक्षा सुधार नहुने यसक्षेत्रका शिक्षाका जानकार बताउँछन् । कमजोर नतिजाबाट शिक्षा लिँदै अबका दिनदेखि शिक्षकले पठनपाठन र विव्यस तथा सरोकारवालाले व्यवस्थापनतर्फ ध्यान दिई गुणस्तरीय शिक्षा दिनमा ध्यान केन्द्रित हुनुपर्ने माग बढ्दो छ । शिक्षा सुधारका लागि हरेक विद्यालयले कमी कमजोरीलाई सुधार गर्न योजना बनाएर कार्यान्वयन नगरे अबका दिनमा नतिजा सुधार नहुनेमा यहाँका सरोकारवाला बताउँछन् ।

यो पनि पढ्नुहोस् यस्तो छ एसईई पूरक परीक्षा समय तालिका