राप्ती नदीको बाढीमा फसेका ४ जनाको सकुसल उद्धार


सेतोखरी सेतोखरी   आइतबार, असार २३, २०८१
राप्ती नदीको बाढीमा फसेका ४ जनाको सकुसल उद्धार

नेपालगन्ज २३ असार : बाढीका कारण नदी पार गर्न नसकेर रातभर फसेका चार जना डुङ्गा चालकको आईतबार उद्धार भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ पिप्रहवाघाटस्थित राप्ती नदी पारीको किनारमा डुङ्गासहित फसेका चार जनालाई सशस्त्र प्रहरीले आईतबार उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीका अनुसार रातभर फसेका राप्तीसोनारी–६ का दिनेश मल्लाह, राजु मल्लाह, ओम प्रकाश गोडिया र रामसिंह मल्लाहलाई सकुसल उद्धार गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरुको उद्धार गरेको हो ।

उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर बोहोराको टोली ४३ जना प्रहरीसहित त्यहाँ पुगेको थियो। 

Kanti Aarogya Hospital Nepalgunj

राप्ती नदीबाट सर्वसाधारणलाई डुङ्गामा राखेर वारिपारि गराउँदै आएका मल्लाहको उद्धारपछि तीन जनालाई लाइफ ज्याकेट वितरण गरिएको छ ।