तीन दिनदेखि कुसुमस्थित राप्तीपारीका दर्जन गाउँ अन्धाकार


सेतोखरी सेतोखरी   सोमबार, असार २४, २०८१
तीन दिनदेखि कुसुमस्थित राप्तीपारीका दर्जन गाउँ अन्धाकार

नेपालगन्ज २४ असार: अविरल वर्षासंगै आएको बाढीले क्षति पु¥याएपछि बाँकेको कुसुमस्थित राप्तीपारीका आधा दर्जन गाउँ अन्धकार बनेका छन् ।

यो पनि पढ्नुहोस् नेपालगन्जका दाहाल डुडुवा नदीको बाढीमा बेपत्ता

राप्ती नदीमा आएको बाढीले शनिबार दिउँसो विभिन्न स्थानमा बिद्युत तारमा क्षति पु¥याएको थियो । बिद्युत नहुँदा कुसुमस्थित राप्तीपारीका आधा दर्जन गाउँ तीन दिनदेखि अन्धकारमा बस्नु परेको हो ।

यो पनि पढ्नुहोस् राप्ती नदीको बाढीमा फसेका ४ जनाको सकुसल उद्धार

Kanti Aarogya Hospital Nepalgunj

राप्तीसोनारी–१ खोकरीका स्थानीय इन्द्र ओलीले भने–‘तीन दिनदेखि गाउँमा बत्ती छैन, बर्खायामको बेलामा बाढीको जोखिम उत्तिकै छ, गाउँ पुरै अन्धकार छ ।’ 

बिद्युत नहुँदा मोबाइल टावरले समेत काम गर्न छाडेको स्थानीयले बताएका छन् । अर्का स्थानीय कृष्ण चौधरीले बिद्युत नहुँदा मोबाइल टावरले नै काम गरेको छैन, हामीलाई सञ्चारमा समस्या भइरहेकोछ ।

यो पनि पढ्नुहोस् अविरल वर्षाले बाँकेका दर्जन बढी गाउँ डुबानमा

गाउँमा मोबाइलको टावरले राम्ररी काम नगरेको विद्युतविना मोबाइल चार्ज गर्न समने नपाइएको चौधरीले सुनाए ।

बाढीले राप्ती नदीको बाघखोर–सुनखरे र लौकी–खोकरी खण्डमा रहेका बिद्युत तारमा क्षति पु¥याएको कुसुम सामुदायिक ग्रामीण बिद्युत सहकारी संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष देवबहादुर केसीले राप्तीको बाढीले बिद्युत तारमा क्षति पु¥याएपछि तीन दिनदेखि राप्ती पारीका आधा दर्जन गाउँमा सेवा अवरुद्ध हुन पुगेको बताएका छन् ।

बाढीका कारण राप्ती सोनारी–१ अन्तर्गत पर्ने राप्तीपारीका गाउँहरू खोकरी, बसेरी, चुनाहा, दुबेरी, सुनखरे र बक्सहवा लगायत गाउँमा बिद्युत सेवा अवरुद्ध भएको छ ।

यो पनि पढ्नुहोस् बाढीपहिरोका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ घाइते

उक्त सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानीयापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न ६ स्थानबाट बिद्युत सेवा विस्तार गरेको छ । राप्ती नदीमा हरेक वर्ष आउने बाढीले यी स्थानका बिद्युत तार तथा पोलहरूमा बाढीले क्षति पु¥याउँदै आएको छ ।