निःसन्तानको उपचार २ दिनसम्म केयर सिटी अस्पतालमा


सेतोखरी सेतोखरी   बिहीबार, असार २७, २०८१
निःसन्तानको उपचार २ दिनसम्म केयर सिटी अस्पतालमा


नेपालगन्ज २७ नेपालगन्ज स्थित केयर सिटी अस्पतालमा निःसन्तानहरुको उपचार हुन थालेको छ । काठमाण्डौंबाट आउनु भएका विज्ञ चिकित्सनले निःसन्तानहरुको चेकजाँच, परामर्श तथा उपचार गर्ने छन् ।

केयर सिटी अस्पतालका प्रबन्ध निर्देशक सन्तोष साहका अनुसार, बरदान फर्टिलिटी सेन्टर काठमाण्डौंका बाँझोपन तथा निःसन्तान रोग विशेषज्ञ डा सविना सिमखडा र डा विद्या महतोले विरामीहरुको उपचार गर्ने छन् ।

नेपालगन्जको भुजयगाउँ चोकमा रहेको केयर सिटी अस्पतालमा निःसन्तानहरुका लागि २ दिनसम्म (असार २८ र २९ गते)उपचार चेकजाँच हुने प्रबन्ध निर्देशक साहले जानकारी दिए ।

केयर सिटी अस्पतालमा ती विज्ञ चिकित्सकले गर्भ तुहिने तथा गर्भ नबस्ने, निःसन्तान सम्बन्धि उपचार र मरामर्श, आइभिएफ सम्बन्धि सल्लाह तथा परामर्श, बारम्बार आइयूआइ फेल हुने समस्या, हर्मोनको कारणले बच्चा नबस्ने समस्या, प्रजनन् तथा बाँझोपन सम्बन्धि उपचार गर्ने अस्पतालले जनाएको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj