मनसुनको एक महिना : लुम्बिनी, गण्डकी र कोशीमा बढी मानवीय क्षति


सेतोखरी सेतोखरी   शुक्रबार, असार २८, २०८१
मनसुनको एक महिना : लुम्बिनी, गण्डकी र कोशीमा बढी मानवीय क्षति

नेपालगन्ज २८ असार : बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा लुम्बिनी, गण्डकी र कोशी प्रदेशले बढी मानवीय क्षति बेहोरेको छ । मनसुन सुरु भएपछिको एक महिनामा (जेठ २८ देखि हिजो असार २७ गतेसम्म) देशभरमा ८८ जनाको मृत्यु भएकामा सबैभन्दा बढी क्षति उल्लेखित तीन प्रदेशमा भएको छ । 

सातमध्ये गण्डकी प्रदेशले सबैभन्दा बढी मानवीय क्षति बेहोरेको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा २५ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २३ र तेस्रोमा कोशी प्रदेशमा १९ जनाले ज्यान गुमाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा एक, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा पाँच, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ । 

कार्कीले अहिलेसम्म देशभर गरेर अहिलेसम्म एक सय छ जना घाइते भएका पनि जानकारी दिए । अहिलेसम्म छ जना बेपत्ता रहेका छन् । बाढीका कारण एक सय ७६ घर डुबानमा परेका र आजसम्म विपद्का घटनाबाट तीन हजार चार सय ६२ परिवार विस्थापित भएका पनि प्रहरीले जानकारी दिएको छ । -रासस