नेपालगन्ज २८ असार : पछिल्लो २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी दिए ।
यसैबिच शुक्रवार सिंहदरबारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुबिच विपद् सम्बन्धी छलफल भएको छ ।
काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौंका लागि छुटेका दुईवटा रात्री बस पहिरोले बगाएकोपछि उक्त छलफल भएको हो । पहिरोमा बगेको बस यतिबेला खोजीकार्य भइरहेकोछ ।
बसमा कति यात्रु थिए भन्ने यकिन तथ्यांक समेत अहिलेसम्म प्राप्त हुन सकेको छै । छलफलमा अबदेखि टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरिएकोछ । यसलाई व्यवस्थित गर्न सुरक्षा बलले बसहरूको विभिन्न ठाउँमा चेकजाँच गर्न पनि आग्रह गरिएकोछ ।