बाँकेबाट वैदेशिक रोजगारीमा गएकाहरुमध्ये सबैभन्दा बढी नेपालीको मलेसिया र साउदीमा मृत्यु


सेतोखरी सेतोखरी   शुक्रबार, असार २८, २०८१
बाँकेबाट वैदेशिक रोजगारीमा गएकाहरुमध्ये सबैभन्दा बढी नेपालीको मलेसिया र साउदीमा मृत्यु

नेपालगन्ज २८ असार : वैदेशिक रोजगारीका लागि बाँकेबाट विभिन्न देश गएका नेपालीहरुको मृत्यु हुने गरेको तथ्यांक डरलाग्दो पाइएकोछ ।

पछिल्लो १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि तेस्रो मुलुक गएका नेपालीहरुको मृत्यु हुने गरेको हो । 

यो पनि पढ्नुहोस् बाँकेबाट वैदेशिक रोजगारीमा गएकामध्ये खजुराका धेरैको मृत्यु (कुन पालिकाको कति ?)

आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका एकसय ७७ नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको तथ्यांकले देखाएकोछ । यसरी विदेशी भूमिमा ज्यान गुमाउने मध्ये दुई जना महिला छन् । 

Kanti Aarogya Hospital Nepalgunj

बोर्डको तथ्याङ्कमा दर्ज भएअनुसार बाँकेबाट वैदेशिक रोजगारीमा गएकाहरुमध्ये सबैभन्दा बढी मलेसियामा मृत्यु हुने गरेकोछ । मलेसियामा ६१ जना नेपाली कामदारको मृत्यु भएको हो । 

दोस्रो स्थानमा ज्यान गुमाउने बाँकेका नागरिकहरुको लिस्टमा साउदी अरब रहेकोछ । जहाँ बाँकेका ५४ जनाले ज्यान गुमाएकाछन् । यस्तै कतारमा ३० जना, युएईमा १४ जना, युनाइटेड अरब इमिरेट्समा ६ जना, कुवेतमा ४ जना, बहराइनमा ३ जनाको ज्यान गएकोछ । 

यसैगरी नेपालमा २ जना, क्रोसियामा २ जना, र अफ्गानिस्तानमा १ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु भएका दुई जना भने श्रम स्वीकृतिभित्र नेपाल आएर मृत्यु भएका नागरिक हुन् ।

यस्तै, वैदेशिक रोजगारीका क्रममा क्यान्सर, कोभिडलगायतका विभिन्न रोगबाट ४९ जना, प्राकृतिक मृत्यु भएका ४१ जना, हृदयघातबाट ३० जना, सडक दुर्घटनाबाट २३ जना, आत्महत्या गरेका १३ जना, अन्य कारणबाट ११ जना, कार्यस्थलमा दुर्घटनाबाट ८ जना र मृत्युको कारण थाहा नभएका २ जनाको मृत्यु भएको छ ।