पहिले भूकम्पले उठिबास लगायो, अहिले बाढीले ज्यान लियो

तीन बालिकाको मृत्यु, एक जना बेपत्ता


सेतोखरी सेतोखरी   मंगलबार, साउन १, २०८१
पहिले भूकम्पले उठिबास लगायो, अहिले बाढीले ज्यान लियो

नेपालगन्ज १ साउन : सोमबार राति रुकुम पश्चिमको आठबिसकोटमा बाढी, पहिरोले मानवीयसँगै भौतिक रूपमा ठुलो क्षति पु¥याएको छ ।  भूकम्पपछि बनाइएको अस्थायी टहरामा बाढी पस्दा तीन जना बालिकाहरूको मृत्यु भयो भने अन्य ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ८ वर्षीय हितमाया पुन, ५ वर्षीय धनिसा पुन र ४ वर्षीय मनिषा सार्की रहेका छन् । उनीहरूको माथिबाट आएको बाढीले टहरामा क्षति पु¥याउँदा च्यापिएर मृत्यु भएको हो । घटनामा ७ जना घाइते भएका छन् । 

घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी रहेका छन् । स्थानीय ३५ वर्षीय डिल्लीबहादुर डाँगी पत्ता भएका छन् । उनको खोजी कार्य पनि भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक बखत बहादुर शाहीले दिएको जानकारी अनुसार आठबिसकोट नगरपालिका–१२ झिमचौरमा माथिबाट आएको झिमचौर र तातोपानी खोलाको बाढीले स्थानीय शेरबहादुर पुनको अस्थायी टहरा बगाएको थियो । उनको घरमा ७ जना बसिरहेका थिए । ७ मध्ये तीनको मृत्यु भएको हो । 

Kanti Aarogya Hospital Nepalgunj

पुनको घर गत कार्तिकमा गएको जाजरकोट भूकम्पमा परेर ध्वस्त भएको थियो । उनीमात्र हैन उक्त गाउँका अधिकांशको घर भूकम्पले भत्काएको थियो । अहिले अस्थायी टहरामा उनीहरू बसिरहेका थिए । 

आठबिसकोट नगरपालिकाका मेयर रवि केसीका अनुसार बिहान तीन बजेतिर माथिबाट आएको खोलाको बाढीले टहरामा क्षति पु¥याएको थियो । शेरबहादुर पुनकोसहित ६ वटा अस्थायी टहराहरूमा क्षति पुगेको छ । 

घाइतेहरूलाई उद्धार गरेर राति नै उपचारका लागि नगर अस्पताल लगिएकोछ । रातभरि पानी परिरहेकाले क्षति भएका घरका मान्छेहरू बाहिर पानीमै बसे । 

पानीले गर्दा अन्य केही ठाउँमा पनि क्षति पु¥याएको र घटनाबारे बुझ्ने काम भइरहेको छ । घटना पश्चात् जिल्ला सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली बिहानै घटनास्थलमा पुगेको छ ।