उच्च अदालत तुलसीपर नेपालगन्ज इजलासको वार्षिक मुद्दा फछ्र्याैट प्रगति १०५ प्रतिशत


सेतोखरी सेतोखरी   बुधबार, साउन २, २०८१
उच्च अदालत तुलसीपर नेपालगन्ज इजलासको वार्षिक मुद्दा फछ्र्याैट प्रगति १०५ प्रतिशत

नेपालगन्ज २ साउन : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास मातहत बाँके जिल्ला अदालत र बर्दिया जिल्ला अदालतको मंगलबार वार्षिक समिक्षा गरिएको छ । 

अदालतले चालु आर्थिक वर्ष २०८०-०८१ को साउन महिनादेखि असार मसान्तसम्म गरेको प्रगति विवरण सार्वजनिक गरेको हो । 

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले उक्त अवधीभित्र दुई हजार सात सय ९ लगत मध्य एक हजार ९ सय ३४ वटा मुद्दा फछ्र्याैट गरि वार्षिक निर्धारण गरिएको लक्ष्यको १०५% लक्ष्य हासिल  गरेको छ । 

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्ट्रार सरोज निधी वाग्लेले प्रस्तुत गरेकोे विवरण अनुसार जिम्मेवारीतर्फ एक हजार ५४ र नयाँ दर्तातर्फ आठ सय ८० गरेर एक हजार ९ सय ३४ मुद्दा फछ्र्यौट गरेको छ भने सात सय ७५ बाँकी रहेको छ । 

Kanti Aarogya Hospital Nepalgunj

उच्च अदालतले वार्षिक लक्ष्य अनुसार १०५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको देखिन्छ । यस्तै बाँके जिल्ला अदालतले ८२ प्रतिशत र बर्दिया जिल्ला अदालतले ९५ प्रतिशत फछ्र्याैट गरेको तथ्य पनि सार्वजनिक गरिएको छ । 

बाँके जिल्ला अदालतका न्यायधिश भिष्मराज प्रसाइले प्रस्तुत गरेको तथ्य अनुसार बाँके जिल्ला अदालतमा दर्ता भएको लगत सात हजार छ सय ४७ मध्य चार हजार दुई सय १५ मुद्दा फछ्र्याैट गरिएको छ । यस्तै तीन हजार चार सय ३२ अझै बाँकी रहेका छन् । 

बर्दिया जिल्ला अदालतका न्यायधिश कमल प्रसाद ज्ञवालीद्वारा प्रस्तुत  विवरण अनुसार दुई हजार एक सय १३ मध्य एक हजार तीन सय १० फछ्र्याैट गरिएको छ । अझैं बाँकी मुद्दा आठ सय ३ रहेको छ ।  

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले तीन वटै अदालतले वार्षिक लक्ष्य अनुसार सन्तोषजनक मुद्दा फछ्र्यौट गरेको बताए । जनशक्ति, बजेट, प्रविधिको अभावका बावजुद पनि न्याय दिने प्रयासमा धेरै सुधार गरिएको दावी गर्दै उनले सामुहीक हातेमालोको नतिजा भएको बताए ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधिश एवं योजना तर्जुमा तथा कार्यान्वयन समितिका अध्यक्ष न्यायाधिश टंक प्रसाद गुरुङको अध्यक्षतामा भएको समिक्षात्मक कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका सहन्यायाधिवक्ता उमाकान्त पौडेल, उच्च अदालत बार एशोसीयशन नेपालगन्जका अध्यक्ष चित्र बहादुर शाही, नेपाल पत्रकार महासंघ लुम्बिनी उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले अदालतको न्याय प्रक्रिया र फैसला कार्यान्वयन बारे सुझाव दिएका थिए ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका शाखा अधिकृत वीर बहादुर विकद्वारा सञ्चालित कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासकी न्यायाधिश पुनमसिंह चन्दले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।