कोहलपुरबाट ‘प्रहरीका डिएसपी’ पक्राउ


सेतोखरी सेतोखरी   बुधबार, साउन २, २०८१
कोहलपुरबाट ‘प्रहरीका डिएसपी’ पक्राउ

नेपालगन्ज २ साउन : बाँकेको कोहलपुरबाट ‘प्रहरीका डिएसपी’ पक्राउ परेकाछन् । प्रहरीका नक्कली डीएसपी बनेर ठगी गर्दै हिँड्ने ती युवकलाई बाँके प्रहरीले कोहलपुर नगरपालिका वडा नम्बर–११ एनटिभीबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी बाँकेको टोलीले दैलेख नारायण नगरपालिका–५ घर भएर बाँके बस्दै आएका ३० वर्षीय नैनसिंह बिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका नैनसिंह बिकले विगत ३ महिनादेखि आफूलाई कहिले सीआइबी र राष्ट्रिय अनुसन्धानको डीएसपी भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेका नक्कली प्रहरीका डिएसपी बिकले विगत तीन महिनादेखि बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गई कहिले आफु सिआइबी प्रहरीको र कहिले राष्ट्रिय अनुसन्धानको डिएसपी नविन शाही हुँ भनी अनुगमनको शिलसिलामा आएको हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचना प्राप्त भए पश्चात ईलाका प्रहरी कोहलपुरका डीएसपी धर्मराज भण्डारीको टोलीले उनलाई हिजो मङ्गलबार पक्राउ गरेको हो ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर नगरपालिका वडा नम्बर–११ एनटिभी रोडबाट पक्राउ परेका नक्कली डीएसपी नैनसिंह बिकले अन्य स्थानहरुमा पनि आफू डीएसपी भएको भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कोहलपुरले जनाएकोछ ।

पक्राउ परेका नक्कली प्रहरीका डिएसपीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले बताएकोछ । 

प्रहरीका अनुसार नक्कली प्रहरीका डिएसपी बनेर अन्यत्र ठगि गरेको हुन सक्ने भन्दै आफू ठगिएको भए इलाका प्रहरी कार्यालयमा जानकारी तथा सम्र्पक गर्न आग्रह गरेकोछ ।