बाँके निकुञ्जबाट मरेको भाले चित्तलसहित थारु पक्राउ


सेतोखरी सेतोखरी   शुक्रबार, साउन ४, २०८१
बाँके निकुञ्जबाट मरेको भाले चित्तलसहित थारु पक्राउ

नेपालगन्ज ४ साउनः बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारी रंगेहात पक्राउ परेका छन् । 

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ अन्तर्गत पर्ने महादेवा जङ्गगलबाट ४४ वर्षका मोहन थारु पक्राउ परेका हुन् । 

कोहलपुर नगरपालिका वडा नम्बर– १३ सिम्री निवासी थारुलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए । 

उनको साथबाट गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामान बरामद पनि गरिएको उनले बताए । पक्राउ परेका थारु विरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको छ । 

Kanti Aarogya Hospital Nepalgunj

निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने गरेको शंकाको आधारमा निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिएका थिए ।

गस्ती टोलीले बुधबार राती १२ बजेतिर थारुलाई पक्राउ गरेको थियो । पक्राउ परेका थारु विरुद्ध राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइने निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।