नेपालगन्जदेखि बुटवल हिँडेको मिनीबसको ठक्करबाट कलावतीको मृत्यु


सेतोखरी सेतोखरी   शुक्रबार, साउन ४, २०८१
नेपालगन्जदेखि बुटवल हिँडेको मिनीबसको ठक्करबाट कलावतीको मृत्यु

नेपालगन्ज ४ साउन : बाँकेको रत्नराजमार्ग अन्र्तगत नेपालगन्ज–कोहलपुर सडक खण्डमा मिनि बसको ठक्करबाट एक महिलाको मृत्यु भएकोछ ।

नेपालगन्जदेखि बुटवलका लागि छुटेको लु २ ख ४६ नम्बरको मिनि बसले गनापुर नजिक शुक्रबार विहान १०ः४५ बजे ठक्कर दिदाँ स्थानीय ६० वर्षीया महिला कलावती भट्टको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार उक्त बसले ठक्कर दिएपछि महिलालाई उपचारका लागि अस्पताल लगिएको थियो । नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा ११ः१५ बजे कलावतीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएकोछ । 

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बसको अगाडिको पट्टा एक्कासि भाँचिएर गनापुर नजिक पैदल यात्रा गरिरहेकी भट्टलाई ठक्कर दिएको थियो । घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा राखि आवश्यक कारबाही अगाडी बढाएकोछ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

मृतक भट्टको शवलाई नेपालगन्ज नर्सिङ होममा राखिएको छ । मृतक महिलाका आफन्तहरुले बसले ठक्कर दिएपछि ‘ब्याक’ गरेर मारेको आरोप लगाएका छन् ।