नेपालगन्जमा नयाँ सर्किट जडानसंगै विद्युतको मागअनुसार आपूर्ति


सेतोखरी सेतोखरी   शुक्रबार, साउन ४, २०८१
नेपालगन्जमा नयाँ सर्किट जडानसंगै विद्युतको मागअनुसार आपूर्ति

नेपालगन्ज ४ साउन : बाँकेको नेपालगन्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । 

कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए । 

उनले कोहलपुर–नेपालगञ्ज र धामपुर नयाँ सर्किट जडान भएको उल्लेख गर्दै विद्युतको मागअनुसार आपूर्ति गरिएको बताए । यसअघि ३० मेगावाट क्षमता मात्रै रहेकामा अब यसको क्षमता ४० मेगावाट पुगेको छ ।

‘घरायसी प्रयोजनका लागि नै जोडेको हो र यसले नेपालगञ्जमा गर्मीबाट धेरै राहत मिलेको छ’, इन्जिनियर लामिछानेले भने ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

थप भएको प्रसारण लाइनबाट नेपालगञ्ज उपमहानगरपालिकासहित डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र केही राप्तीसोनारी गाउँपालिकाका क्षेत्र समेत यसबाट लााभावन्वित हुनेछन् । 

यो पनि पढ्नुहोस्  बाँकेमा हावाहुरीको वितण्डता : एक महिलाको मृत्युसँगै खडैचाका ३४ घर जलेर नष्ट, विद्युत सेवा अबरुद्ध

बाँकेमा केही महिनाअघि आएको हावाहुरीले विद्युत् आपूर्तिमा ठूलो क्षति पुर्याएकाले केही ट्रान्सफर्मर नयाँ र केही पुरानाको क्षमता वृद्धि गरिएको छ । नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर लामिछानेले ३० थान दुई सय केभीका नयाँ ट्रान्सफर्मर र एक सय केभीका ८० ट्रान्सफर्मरको क्षमता बृद्धि गरिएको जानकारी दिए ।

हावाहुरीका कारण यसबाहेक ७० किलोमिटरका लागि विद्युत् तार तान्न, विद्युतको लोड व्यवस्थापनका लागि अन्य मर्मतसम्भारसहितका काममा रु एक करोड ८४ लाख खर्च भएको वितरण केन्द्रले जनाएको छ । 

यो पनि पढ्नुहोस्  नेपालगन्जको विद्युत समस्या समाधान गर्न संघ अध्यक्ष धामीको संयोजकत्वमा संयन्त्र गठन

‘आवश्यकताअनुसार जहाँ लोड बढी हुन्छ त्यहाँ नयाँ ट्रान्सफर्मर जडान गरेका छौँ, जहाँ कम लोड छ त्यहाँ क्षमता वृद्धि गरेर पनि ट्रान्सफर्मर लगाएका छौँ’, लामिछानेले भने । विद्युत् लाइनका लागि हावाहुरीले क्षति पुर्याएकामा नयाँ खम्बासमेत गाडिएको छ ।

यो पनि पढ्नुहोस् सोमबारको हावाहुरीले चार ट्रान्सफर्मरसहित दुईसय विद्युतका पोल ढले