६ वर्षमा सात लाख पटक खिचेपछि आएको ‘पर्फेक्ट फोटो’


सेतोखरी सेतोखरी   शनिबार, साउन ५, २०८१
६ वर्षमा सात लाख पटक खिचेपछि आएको ‘पर्फेक्ट फोटो’

नेपालगन्ज ५ साउन : स्कटल्यान्डका एलन मेकफ्याडिन सानो हुँदा आफ्ना हजुरबुबाले फोटो खिचेको हेरिरहन्थे । उनका हजुरबुबा चरामा रुचि राख्ने भएकाले फोटो खिच्न गइरहन्थे । त्यसबेला एलन पनि सँगै जान्थे ।

एकदिन नदीको छेउमा उनी हजुरबासँग बसिरहेका थिए । त्यहीबेला पानीमा किङफिसरले माछा छोप्न डाइभ गरेको देखे । जीवनमै पहिलो पटक रङ्गिन चराको त्यो मनमोहक दृश्य देखेपछि उनलाई उक्त चरा मन प¥यो । अर्थात् छ वर्षकै उमेरमा एलन चरा पारखी बने ।

त्यसपछि उनी चरासम्बन्धी थप जान्न उत्सुक भए र थप अध्ययन गर्न थाले । आफू ४१ वर्षको भएपछि उनले चराप्रतिको आफ्नो रूचिलाई फोटोग्राफीमा परिणत गर्ने योजना बनाए । र, सन् २००९ मा उनले पहिलो पटक चराको फोटो खिच्न क्यामेरा खरिद गरे । 

तीनै फोटोग्राफर एलनले किङ्गफिसरको फोटो खिच्न झन्डै छ वर्ष बिताएर सन् २०१५ मा ’पर्फेक्ट फोटो’ खिचे ।

Kanti Aarogya Hospital Nepalgunj

सात लाख २० हजार बढी फोटो खिचिसकेपछि प्राप्त भएको यो उत्कृष्ट फोटो खिच्न उनले ४२ सय घण्टा खर्च गरे ।

यो फोटोमा किङ्गफिसरले डाइभ गरेको देखिन्छ । पानीमा त्यसको छायाँ यसरी परावर्तन भएको छ कि, त्यो छायाँ हो भन्ने पत्याउनै मुस्किल पर्छ ।  

उनी आफूलाई चित्त बुझ्दो फोटो खिच्न सयौं पटक प्रयास गर्थे । हजारौं फोटो खिचेपछि बल्ल उनलाई उक्त शट मन परेको हो ।  

यो फोटोका लागि समय, धैर्यता मात्र नभई एलनले प्राविधिक सीप पनि उत्तिकै प्रयोग गरेका छन् । उनले किङ्गफिसरको बानी बुझेको भएर क्यामेरा त्यही अनुसार मिलाएर राखेका थिए ।

त्यसबाहेक किङ्गफिसरले कस्तो बेला कसरी पानीमा डाइभ गर्छ भन्ने विषयको पनि विस्तृत ज्ञान थियो उनीसँग । र, कुन ठाउँमा किङ्गफिसरले त्यस्तो डाइभ हान्छ भन्ने पनि राम्रोसँग अध्ययन गरेका थिए । 

५५ वर्षीय एलनले फोटोग्राफीप्रतिको रुचि र सीपले गर्दा पर्फेक्ट एङ्गलमा फोटो खिच्न सके । उक्त फोटो सन् २०१५ तिर अधिकांश सञ्चारमाध्यममा फिचर्ड भएको थियो । जसले गर्दा एलनले विश्वव्यापी चर्चा पाए । -टेकपानाबाट