बाँकेमा पारिवारिक इजलास सुरु गरिदैँ 


सेतोखरी सेतोखरी   शनिबार, साउन ५, २०८१
बाँकेमा पारिवारिक इजलास सुरु गरिदैँ 

नेपालगन्ज ५ साउन : जिल्ला अदालत बाँकेमा पारिवारिक इजलास सुरु गरिने भएको छ । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो । 

महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास सुरु गर्न लागिएको बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईँले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

आगामी साउन १६ गतेदेखि छुट्टै इजलासबाट उक्त मुद्दाको सुनुवाइ गरिने जनाउँदै न्यायाधीश प्रसाईँले सोका लागि आवश्यक तयारी भइरहेको बताए । उनका अनुसार काठमाडौँ, मोरङ, कास्की, धनुषा र रुपन्देही जिल्ला अदालतमा यस्तो इजलास सुरु भइसकेको छ ।