प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

आफ्नो बुद्धि, विवके र क्षमताले भ्याएसम्म मतको सदुपयोग गर्छु : ओली


सेतोखरी सेतोखरी   आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

नेपालगन्ज ६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आईतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत प¥यो भने एक मत तटस्थ रह्यो ।

संसदमा आईतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले आज विश्वासको मत लिएका हुन् ।

आफ्नो बुद्धि, विवके र क्षमताले भ्याएसम्म मतको सदुपयोग गर्छु : ओली

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट पाएको दुई तिहाइ विश्वासको मतको सदुपयोग गर्ने बताएका छन् । आईतबार १ सय ८८ सांसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै यस्तो बताएका हुन् । 

आफ्नो बुद्धि, विवके र क्षमताले भ्याएसम्म मतको सदुपयोग गर्ने बताएका छन् । 

‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ । यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु । प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद !’ ओलीले भनेका छन् ।

ओली संविधानको धारा ७६ (२) अनुसार गत असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।