प्रधानाध्यापक ईश्वर पौडेलद्वारा पत्रकार शेषमाथी दुर्व्यवहार


सेतोखरी सेतोखरी   सोमबार, साउन ७, २०८१
प्रधानाध्यापक ईश्वर पौडेलद्वारा पत्रकार शेषमाथी दुर्व्यवहार

नेपालगन्ज ७ साउन : नेपालगन्जमा क्रियाशिल पत्रकार सलामत अलि शेषमाथी प्रधानाध्यापकले दुर्व्यवहार गरेका छन् । 

प्रभात घोषणाा राष्ट्रिय दैनिकका संवाददाता रहेका उनलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९, बसुदेवपुर स्थित जगत ज्योति माध्यामिक बिद्यालयका प्रधानाध्यापक ईश्वर पौडेलले दुर्व्यवहार गरेका हुन् । 

घटना यही साउन ५ गते शनिबार साँझको हो । प्रधानाध्यापक ईश्वर पौडेलले फोन गरी अश्लील अपशब्द प्रयोग गर्दै गालीगलौज एवम् दुर्व्यवहार गरेको पीडित शेखले बताएका छन् ।

उक्त घटनाप्रति अवधी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका कार्यसमितिका सदस्य समेत रहेका शेखमाथी विगतमा पनि प्रधानाध्यापक पौडेलले घरमै पुगेर व्यक्तिगत जीवनमा हानी पुर्याउने किसिमका शब्द समेत प्रयोग गरेका थिए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

विद्यालयले विना कारण कक्षा ९ र १० मा अध्ययनरत प्रत्येक विद्यार्थीबाट २ हजारका दरले वार्षिक शुल्क उठाउने गरेको र कक्षा ९ का विद्यार्थी रहिमान बेहनालाई शिक्षिका सुनिता बस्नेतले निलडाम बस्ने गरी कुटपिट गरेको विषयमा रिर्पोटिङ गर्न पुगेका सम्वाददाता शेषलाई प्रधानाध्यापक पौडेलले अपशब्द प्रयोग गर्दै गाली गलौज गरेका थिए । 

सार्वजनिक पदधारण गरेको शिक्षक जस्तो जिम्मेवार व्यक्तिले सञ्चारकर्मीलाई गरेको हर्कत अत्यन्तै निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप र ज्यादती भएको अवधी पत्रकार संघ बाँकेका अध्यक्ष प्रहलाद विश्वकर्मा र सचिव रमेशकुमार यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘यस्ता हर्कतले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने अवधी पत्रकार संघ नेपालको ठहर छ, तसर्थ सम्बन्धित निकायले यस घटनाको सत्यतथ्य बुझि दोषीमाथि कार्यवाही गरी प्रेस स्वतन्त्रताको अनुभूति गराउन सबै पक्षसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।