पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ


सेतोखरी सेतोखरी   सोमबार, साउन ७, २०८१
पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ

नेपालगन्ज ७ साउन : एक पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ परेकाछन् ।

बिग्रेको गाडी बनाउन भन्दै एक पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपालीलाई भारतीय प्रहरीको फन्दामा परेका हुन् । 

पक्राउ पर्नेमा पाकिस्तानको मार्दनका ४६ वर्षीय सइफ उल्लाह छन् । उनीसँगै नेपाली ५१ वर्षीय मनबहादुर थापा र ४० वर्षीय मेघबहादुर थापासमेत पक्राउ परेका छन् । उनीहरूलाई भारतको पानी ट्यांकीको ४१ बटालियनले पक्राउ गरेको हो । 

उनीहरूलाई स्थानीय खरीबारी प्रहरीमार्फत शनिबार स्थानीय अदालतमा लगिएको थियो । उनीहरू चढेको गाडी भारतीय भूभागमा ४०० मिटरभित्र पुगेपछि रोकिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

दार्जिलिङका एसपी प्रवीण प्रकाशले सुरक्षाका कारण उनीहरूलाई अदालतमा पेस गरिएको जनाएका छन् । उनीहरू गाडी मर्मतको लागि भारत छिरेको पाइएको जनाएका छन् ।