एमालेका चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त


सेतोखरी सेतोखरी   सोमबार, साउन ७, २०८१
एमालेका चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

नेपालगन्ज ७ साउनः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

संसदीय दलका नेता लीला गिरीलाई पन्छाउँदै एमालेले उपनेतालाई मुख्यमन्त्री अघि सारेको थियो । आचार्यले आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।