साउन लागेसंगै सन्तानेश्वरमा चहलपहल बढ्यो


सेतोखरी सेतोखरी   मंगलबार, साउन ८, २०८१
साउन लागेसंगै सन्तानेश्वरमा चहलपहल बढ्यो

नेपालगन्ज ८ साउन : साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । 

नेपालगन्ज सहरदेखि पूर्व ३० किलोमिटर टाढा अवस्थित उक्त  मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । साउन लागेसंगै सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको छ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

हिजो सोमबार बाँके, बर्दिया, दाङलगायत भारतबाट पनि भक्तजन आएका मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिए । धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएको नरैनापुरका स्थानीय सोहनलाल यादव बताउछन् । चुरे पहाडको माथिल्लो भागमा अवस्थित मन्दिरबाट जङ्गलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ ।