नेपालगन्जको नमस्ते सहकारीमा रकम हिनामिना, बचतकर्तालाई जाहेरी दिन प्रहरीको माग


सेतोखरी सेतोखरी   मंगलबार, साउन ८, २०८१
नेपालगन्जको नमस्ते सहकारीमा रकम हिनामिना, बचतकर्तालाई जाहेरी दिन प्रहरीको माग

नेपालगन्ज ८ साउन : नेपालगन्ज स्थित नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडका बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिन सूचना जारी गरिएकोछ । 

बाँकेको ठूलो मध्येको एक नमस्ते सहकारीका सञ्चालक लामो समयदेखि बेपत्ता भएका छन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

सहकारी रकम हिनामिनाको अनुसन्धान तहकिकातको सिलसिलामा बचतकर्ताको रकम यकिन गर्न जाहेरी माग गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेले एक सूचना जारी गरेर दश दिनभित्र जाहेरीसहित आउन बचतकर्तालाई आग्रह गरेकोछ ।