‘मस्तिष्क सुन्निए’को पाइपछि पाइलट शाक्यलाई आइसीयूमा राखेर उपचार गरिदैँ


सेतोखरी सेतोखरी   बुधबार, साउन ९, २०८१
‘मस्तिष्क सुन्निए’को पाइपछि पाइलट शाक्यलाई आइसीयूमा राखेर उपचार गरिदैँ

दुर्घटनास्थलबाट उद्धार गरिएका पाइलट मनिषरत्न शाक्य । तस्विरः नेपाल प्रहरी

नेपालगन्ज ९ साउन : सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार भइरहेकोछ ।
पाइलट शाक्यको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।

अस्पतालका चिकित्सकले दिएको जानकारी अनुसार पाइलट शाक्यको टाउको र शरीरमा चोट लागेको छ । उनलाई आकस्मिक कक्षबाट आइसीयूमा थप उपचारका लागि सारिएको हो ।

यो पनि पढ्नुहोस् सौर्य एयरको विमान दुर्घटना : विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु (नामावलीसहित)

‘आइसीयूमा सार्नुअघि उहाँ (पाइलट शाक्य)को एमआरआइ र सिटी स्क्यान गरिएको थियो । सो क्रममा मस्तिष्क केही सुन्निएको पाइएको छ,’ ती चिकित्सकले भने, ‘उहाँको टाउकोमा चोट छ भने शरीरका अन्य भागमा पनि चोट छ।’

Kanti Aarogya Hospital Nepalgunj

दुर्घटनास्थलबाट अस्पतालमा पुर्याइएका ३७ वर्षीय पाइलट शाक्यले आकस्मिक कक्षमा पुगे लगत्तै फोन मागेका थिए ।

दुर्घटनामा घाइते पाइलट शाक्यको शरीरमा जलन भएको छैन । तर, उनको शरीरका विभिन्न स्थानमा भने चोट लागेको छ । उनको मुखबाट पनि रगत आइरहेको थियो ।

अहिलेसम्मको अवस्था हेर्दा पाइलट शाक्यको स्वास्थ्य अवस्था त्यति खतरायुक्त नभएको बताइएकोछ । उनको मस्तिष्कको सुन्नाइ र चोटको अवस्था केही समय अब्जर्भ गरेपछि थप जानकारी दिइने बताइएकोछ ।

यसैबीच, घाइते पाइलटको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका छन् ।

यसअघि, नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ।

यो पनि पढ्नुहोस् ‘धाउनमार्गबाट जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भयो’

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

क्याप्टेन शाक्यलाई भने दुर्घटनास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पठाएका थिए । उद्धारको बेला शाक्य रगताम्य अवस्थामा थिए ।