सौर्य एयरको विमान दुर्घटना : जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन


सेतोखरी सेतोखरी   बुधबार, साउन ९, २०८१
सौर्य एयरको विमान दुर्घटना : जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

नेपालगन्ज ९ साउन : सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना भएर १९ जनामध्ये १८ जनाको ज्यान गएपछि सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

यो पनि पढ्नुहोस् सौर्य एयरको विमान दुर्घटना : विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु (नामावलीसहित)

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् ‘धाउनमार्गबाट जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भयो’

नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेको उक्त आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिषरत्न शाक्य गम्भीर घाइते भएका छन् । 

यो पनि पढ्नुहोस्  ‘मस्तिष्क सुन्निए’को पाइपछि पाइलट शाक्यलाई आइसीयूमा राखेर उपचार गरिदैँ