बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने


सेतोखरी सेतोखरी   बुधबार, साउन ९, २०८१
बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने

नेपालगन्ज ९ साउन : सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् सौर्य एयरको विमान दुर्घटना : विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु (नामावलीसहित)

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । 

यो पनि पढ्नुहोस् ‘धाउनमार्गबाट जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भयो’

Kanti Aarogya Hospital Nepalgunj

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेको उक्त आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

यो पनि पढ्नुहोस्  ‘मस्तिष्क सुन्निए’को पाइपछि पाइलट शाक्यलाई आइसीयूमा राखेर उपचार गरिदैँ

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिषरत्न शाक्य गम्भीर घाइते भएका छन् । 

यो पनि पढ्नुहोस्  सौर्य एयरको विमान दुर्घटना : जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन