बैजनाथद्वारा उच्च शिक्षा अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति प्रदान


सेतोखरी सेतोखरी   बुधबार, साउन ९, २०८१
बैजनाथद्वारा उच्च शिक्षा अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति प्रदान

बाँके (बैजनाथ) ९ साउनः बैजनाथ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । 

बैजनाथमा स्थायी घर भई उच्च शिक्षा अध्ययन गरिरहेका जेहेन्दार तथा आर्थिक रुपले विपन्न परिवारका ८ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकालले छात्राहरुलाई उक्त छात्रवृत्ति हस्तान्तरण गरेका हुन् । 

आर्थिक वर्ष २०८०–०८१ को वार्षिक बजेटबाट प्रतिब्यक्ति ५० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको अध्यक्ष शाहीले बताए । छात्रवृत्तिले छात्रालाई उच्च शिक्षा अध्ययन गर्न ठुलो राहत मिल्ने उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘हामीले प्रदान गरेको छात्रवृत्ति रकमले छात्राहरुलाई उच्च शिक्षा अध्ययन गर्नमा राहत मिल्ने विश्वास लिएका छौं,’ उनले भने ‘छात्रवृत्ति पाउँदा छात्राहरुमा हौसला जागेको छ ।’ बैजनाथ गाउँपालिकाले शिक्षाको गुणस्तर माथी उठाउन बर्षेनी ठुलो रकम विनियोजन गर्दै आएको छ ।