मौद्रिक नीति पारित, सार्वजनिक गर्दै राष्ट्र बैंक


सेतोखरी सेतोखरी   शुक्रबार, साउन ११, २०८१
मौद्रिक नीति पारित, सार्वजनिक गर्दै राष्ट्र बैंक

नेपालगन्ज ११ साउन : नेपाल राष्ट्र बैंकले आज नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति पारित गरेसँगै सार्वजनिक गर्न लागिएको हो ।

बिहान बसेको समितिको बैठकले मौद्रिक नीति पारित गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । पारित मौद्रिक नीति दिउँसो सवा १२ बजे बैंकको नवनिर्मित भवन बालुवाटारबाट सार्वजनिक गर्ने तयारी छ ।

यसअघि मौद्रिक नीति बैंक परिसर भन्दा बाहिरबाट सार्वजनिक गरिदै आइएको थियो । गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको कार्यक्रम आज सार्वजनिक हुने भएको हो ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा खतिवडाले थप छलफल गर्न चाहेपछि मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यस पटकको मौद्रिक नीतिलाई निजी क्षेत्रसहित अधिकांशले चासोका साथ पर्खिएका छन् । सरकारले पनि आर्थिक संकटलाई समाधान गर्ने गरिको नीति ल्याउने बताउदै आएको छ ।

शिथिल रहेको अर्थतन्त्र चलालयमान बनाउन र बैंकहरूको खस्कदो सम्पत्तिको गुणस्तर सुधार हुनेगरी प्रमुख मौद्रिक औजारमा सामान्य हेरफेर गर्दै नियामकीय नीतिहरु परिमार्जन गर्नेगरी मौद्रिक नीति तयार भएको बुझिएको छ ।