बाँकेका १० सहित नेपाल प्रहरीका २८९ लेखापालको सरुवा


सेतोखरी सेतोखरी   शनिबार, साउन १२, २०८१
बाँकेका १० सहित नेपाल प्रहरीका २८९ लेखापालको सरुवा

नेपालगन्ज १२ साउन : प्रहरी प्रधान कार्यालयले लेखापालहरुको सरुवा गरेको छ । एउटा कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पुरा गरेकाहरूलाई सरुवा गरिएको हो । 

बाँकेमा रहेका विभिन्न प्रहरी कार्यालयमा कार्यरत १० जना नेपाल प्रहरीका लेखापालहरुको सरुवा भएको छ । 

बाँकेमा रहेका प्रहरी वरीष्ठ नायब निरीक्षक लेखापालहरुमा नेत्रबहादुर राना, बुद्धिसागर हमाल र सन्तोष शाहीको सरुवा गरिएकोछ ।

लुम्बिनी प्रदेश प्रहरी गण बाँकेमा कार्यरत प्रहरी वरीष्ठ नायब निरीक्षकहरु नेत्रबहादुर रानालाई जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरी विशेष सुरक्षा गण, बाँकेमा कार्यरत बुद्धिसागर हमाललाई नेपाल प्रहरी अंगरक्षक गण त्रिपुरेश्वर काठमाण्डौं र नेपाल प्रहरी विशेष सुरक्षा गण, बाँकेमा कार्यरत सन्तोष शाहीलाई जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा गरिएकोछ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यसैगरी प्रहरी नायब निरीक्षक लेखापालहरुमा प्रमोद जङ्ग शाह, योगेन्द सिंह मौनी, रविन सिहं कुँवर, राजबहादुर चन्द र विनोद सिंह राठौरको सरुवा भएकोछ ।

नेपाल प्रहरी विशेष सुरक्षा गण बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षकहरु प्रमोद जङ्ग शाहलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलाली, लुम्बिनी प्रदेश प्रहरी गण बाँकेमा कार्यरत योगेन्द सिंह मौनीलाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुर, नेपाल प्रहरी प्रदेश कार्यालय विशेष इकाई नेपालगन्ज बाँकेमा कार्यरत रविन सिहं कुँवरलाई जिल्ला प्रहरी कार्यालय बैतडी, नेपाल प्रहरी विशेष सुरक्षा गण बाँकेमा कार्यरत राजबहादुर चन्दलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देही र नेपाल प्रहरी विशेष सुरक्षा गण बाँकेमा कार्यरत विनोद सिंह राठौरलाई ईलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा सरुवा गरिएको छ ।

यस्तै प्रहरी सहायक निरीक्षक लेखापालहरुमा प्रेमबहादुर शाही र विशा शाहीको सरुवा गरिएकोछ । 

विमानस्थल सुरक्षा गार्ड राँझा, नेपालगन्ज बाँकेमा कार्यरत प्रेमबहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय भिमफेदी, मकवानपुर र नेपाल प्रहरी प्रदेश कार्यालय लागुऔषध नियन्त्रण एकाई नेपालगन्ज, बाँके बाँकेमा कार्यरत विशा शाहीलाई ईलाका प्रहरी कार्यालय साँफेबगर, अछाममा सरुवा गरिएकोछ ।

यसैगरी विशेष ब्युरोको लेखा प्रमुखमा इन्स्पेक्टर टिकराम राईलाई पठाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डेकेन्द्र शर्मा, मधेस प्रदेश प्रहरी कार्यालयमा दिनेश प्रसाद खरेल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दीपेन्द्र भट्ट र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा इन्स्पेक्टर दीपेश खरेल सरुवा भएका छन् । 

महाराजगन्ज स्थित प्रहरी अस्पतालमा ध्रुव बहादुर विष्टलाई सरुवा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा निशेष चापागाईँ र बागमती प्रदेशमा प्रकाश शाहलाई पठाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विजय बहादुर घले गएका छन् । 

प्रहरी प्रधान कार्यालय स्थित कल्याण महाशाखामा रविन ढकाल र केन्द्रीय अनुसन्धान ब्युरोमा रवीन्द्र थापालाई पठाइएको छ । शेखर जङ्ग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

इन्स्पेक्टर सविन कुमार सङ्ग्रौला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र वरिष्ठ सई अजय कुमार खनाल मुस्ताङमा सरुवा भएका छन् ।