बाघलाई अर्थतन्त्रसँग जोड्नुपर्ने संरक्षणकर्मीहरुको जोड


बिमला चौधरी बिमला चौधरी   सोमबार, साउन १४, २०८१
बाघलाई अर्थतन्त्रसँग जोड्नुपर्ने संरक्षणकर्मीहरुको जोड

कोहलपुर १४ साउन : बाघ विना मानिसको जीवन असम्भव रहेको संरक्षणकर्मीहरुले बताएकाछन् । विश्व बाघ दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जद्वारा सोमबार कोहलपुरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बाघ नेपालको लागि गौरवको विषय बनेको बताए । 
बाघ संरक्षणमा नेपाल अग्र स्थानमा रहेको सर्वविदितै छ । ‘उनले भने अब बाघलाई अर्थतन्त्रसँग जोडेर आर्थिक समृद्धि ल्याउन आवश्यक छ ।’ 

अबको चुनौती बाघ ब्यवस्थापन रहेको बाताउँदै अध्यक्ष खड्काले मध्यवर्ति क्षेत्रका बासिन्दाले सावधानी अपनाउन सके बाघ र मानवबीच सहअस्तित्व कायम गर्न सकिने बताए ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले जलजंगल र जमिनको स्वस्थ पारीस्थितिकीय प्रणाली तथा समृद्धिका लागि बाघ र वन्यजन्तुको संरक्षण अति महत्वपूर्ण रहेको बातईन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

निकुञ्ज बिस्तारसँगै बाघको संख्या बृद्धि हुँदै जाँदा निकुञ्ज मध्यवर्ति क्षेत्रमा बाघ र वन्यजन्तुबाट स्थानीयलाई क्षति भन्दा लाभ कसरी लिन सकिन्छ भन्ने तर्फ संरक्षणकर्मीहरुको ध्यान जान आवश्यक रहेको उनले बताईन् ।

उनले भनिन् ‘मध्यवर्ति क्षेत्रका बासिन्दा विना बाघ संरक्षण असम्भव छ तर, आफैले संरक्षण गरेको बाघबाट क्षति भन्दा पनि लाभ लिन सके मात्र बाघ संंरक्षणको सार्थकता हुनेछ ।’
सन् २०१० मा स्थापना कालमा ४ वटा पाटे बाघबाट अहिले २५ पु¥याउन सफल भएको र अझैँ बृद्धि हुनेक्रम जारी रहेको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज कुमार साहले बताए ।

उनले भने ‘अब हाम्रो चिन्ताको विषय भनेको बाघको संख्या बृद्धिसँगै  बेला बखतमा बाघ र मानिसबीचको द्वन्द्वका कारण अप्ठेरो परिस्थिती श्रृजना हुन्छ ।’ त्यो परिस्थिती आउन नदिन केकस्ता उपाय अपनाउनुपर्छ भन्ने तर्फ हाम्रो ध्यान केन्द्रीत छ ।’ 

बाघलाई अब स्थानीय अर्थतन्त्रसँग जोड्न सक्नुपर्ने पर्ने उनले बताए । ‘हामी टुरिजमको कुरा गाछौं तर, हामीसँग बाघ हुँदाहुँदै बाघ हेर्ने मान्छे भित्र्याउन नसक्नु कमजोरी हो ।’ उनले भने–‘हामीसँग निकुञ्ज भित्र सबै पुर्वाधार छ, एकपटक मात्र बिदेशी पर्यटक भित्र्याउने श्रृंखलाको सुरुवात गर्न सक्यौं भने पर्यटकको रोजाई बाँके राष्ट्रिय निकुञ्ज नै हनेछ ।’ 

बाघ र मानवबिच सह अस्तीत्व कायम गर्नका लागि जति पनि मापदण्ड र विकल्पहरु छन्, सबै बाँके राष्ट्रिय निकुञ्जले अपनाउँदै आएकाले पछिल्लो दुई वर्ष यता बाघबाट मानवीय क्षति नभएको वरिष्ठ संरक्षण अधिकृत साहले बताए ।

दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज संरक्षणमा हातेमालो गर्दै आएका तराई भुपरिधि कार्यक्रम (ताल) जेडएसएल नेपाल, हिमालयन नेचर, मध्यवर्ती क्षेत्र उपभोक्ता समिती, सामुदायिक वन, चोरी शिकारी नियन्त्रण युवा सञ्जाल, ईको क्लबका विद्यार्थीहरुको सहभागितामा विभिन्न झाँकी सहित विहान कोहलपुरमा प्रभातफेरी समेत गरिएको थियो । 

बाँके राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालय कोहलपुरको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कोहलपुर बजार परिक्रमा गरेर पुनः सेक्टर कार्यालयमा पुगेर समापन भएको थियो ।