केयर सिटी अस्पतालमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर हुँदै


रवि कनोजिया रवि कनोजिया   शुक्रबार, साउन १८, २०८१
केयर सिटी अस्पतालमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर हुँदै

नेपालगन्ज १८ साउन : नेपालगन्ज स्थित केयर सिटी अस्पतालमा सुगर, थाइराइड तथा हर्मोन रोग सम्बन्धि दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदैछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ भुजइगाउँस्थित रहेको केयर सिटी अस्पतालले यही साउन आईतबार र सोमबार विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर गर्न लागेको हो ।

काठमाण्डौंबाट नेपालगन्ज आउने विज्ञ चिकित्सकले सुगर, थाइराइड तथा हर्मोन रोगका विरामीहरुको चेकजाँच, परामर्श तथा उपचार गर्ने छन् ।

केयर सिटी अस्पतालका प्रबन्ध निर्देशक सन्तोष साहका अनुसार, काठाण्डौबाट कन्सल्टेन्ट फिजिसियन डाक्टर राधेश्याम यादवले विरामीहरुको उपचार गर्ने छन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

यही साउन २० र २१ गते २ दिनसम्म हुने निःशुल्क स्वास्थ्य शिविरमा विरामीको उपचार, चेकजाँच हुने हुँदा अग्रिम नाम लेखाई सो अवसरमा स्वास्थ्य लाभ लिन प्रबन्ध निर्देशक साहले आग्रह गरे ।

उनका अनुसार सो अवसरमा आउने विरामीलाई ल्याबमा २५% र एक्स–रे तथा भिडिओ एक्स–रे मा २०% छुट दिने प्रबन्ध निर्देशक साहले बताए ।