आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु


सेतोखरी सेतोखरी   शनिबार, साउन १९, २०८१
आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

मध्यविन्दु १९ साउन : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ ।

कावासोती नगरपालिका–७ स्थित नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

‘धादिङ, गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा, चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी, बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोतघरमा रहेको ५.५६ एमएमको मिनिगनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ,’ उनले भने ।

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । -रासस