एनएमबी बैंकद्वारा विद्यालयलाई सिलिङ फ्यान वितरण


रवि कनोजिया रवि कनोजिया   सोमबार, साउन २१, २०८१
एनएमबी बैंकद्वारा विद्यालयलाई सिलिङ फ्यान वितरण

नेपालगन्ज २१ साउन : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–१५ चन्नहवा स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई एनएमबी बैंकले सिलिङ फ्यान प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले उक्त विद्यालयलाई सिलिङ फ्यान प्रदान गरेको हो । 

विद्यालय अध्ययन गर्न आउने विद्यार्थी तथा शिक्षकहरुलाई सितलता प्राप्त होस् भन्ने उद्देश्यका साथ १६ थान सिलिङ फ्यान र एक थान वाटर डिस्पेन्सर प्रदान गरिएको एनएमबी बैंकले जनाएकोछ ।

विद्यालयका प्रध्यानाध्यापक भोजेन्द्र बहादुर विसीलाई सिलिङ फ्यान प्रदान गरेको एनएमबी बैंकका शाखा प्रबन्धक पदम रानाले जानकारी दिए । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

विद्यालयलाई सिलिङ फ्यान प्रदान गर्नेक्रममा एनएमबी बैंकका बरिष्ठ विजनेस डेभलपमेन्ट मेनेजर हंसबहादुर धामी, शाखा प्रबन्धक पदम राना र कोहलपुर शाखाका बिजनेस डेभलपमेन्ट मेनेजर रवि केसीको उपस्थिती रहेको थियो ।