रोजगारमूलक व्यवहारिक शिक्षा गोरखाको प्राथमिकता

स्नातक तहमा विएस्सी एजी कार्यक्रम


सेतोखरी सेतोखरी   बिहीबार, साउन २४, २०८१
रोजगारमूलक व्यवहारिक शिक्षा गोरखाको प्राथमिकता

नेपालगन्ज २४ साउन : बाँके जिल्लामा सञ्चालित संस्थागत विद्यालयहरुमध्ये अग्रणी विद्यालय हो, गोरखा युनाइटेड पब्लिक स्कूल । कोहलपुर–२ मा अवस्थित उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । २०५७ सालमा स्थापना भएको स्कूलले कक्षा नर्सरीदेखि स्नातक तहसम्म अध्ययपन गराउँदै आएको छ । कक्षा ५ मा १६५ जना विद्यार्थी र आठ जना शिक्षक कर्मचारीबाट स्कूल सुरु भएको हो । हाल १७ सय जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

३६ जनापूर्व बिर्टिस आर्मी, सिंगापुर पुलिस र केही हाल बहाल रहेका आर्मी र पुलिस मिलेर स्थापना गरेको यो स्कूल गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रुपमा स्थापित छ । उनीहरुले २०५६ सालमै स्कूल स्थापनाका लागि जग्गा खरिद गरेका थिए संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष केशरबहादुर आले मगर । संस्थापक अध्यक्ष आलेका अनुसार  स्कूलले २०५७ सालमा कक्षा ५ बाट कक्षा सञ्चालन  गरेको थियो । २०५८ मा कक्षा ८, २०५९ मा कक्षा ९ सम्म अध्ययपन सुरु ग¥यो । 

गोरखा युनाइटेडका विद्यार्थीहरुको एसएसलसीको पहिलो ब्याच भने २०६० सालको ब्याच हो । स्कूले २०६५ मा  विज्ञान संकायतर्फ आइएस्सी विज्ञान विषय अध्ययन सुरु गरेको उनले बताए । २०६६ मा प्लस टुतर्फ व्यवस्थापन संकायमा पढाइ सुरु भएको हो । २०७४ सालबाट स्नातक तहमा कृषितर्फ विएस्सी पढाइ भइरहेको छ । 

उनी २०५७ सालेदेखि सञ्चालक अध्यक्षको भूमिकामा रहेका हाल पनि अध्यक्ष छन् । उनी विद्यालय समग्र व्यवस्थापनको जिम्मामा स्कूल स्थापनादेखि नै सक्रिय छन् । यस विद्यालयका लगानीकर्ताहरु अधिकांश बेलायतमा छन् । नेपालमा करिब ५ –७ जना मात्रै लगानीकर्ताहरु रहेका छन् । तीमध्येका एक हुन्, आलेमगर । युनाइटेडको प्रिन्सिपलको रुपमा साधना थापा, कृषितर्फ विएस्सीमा क्याम्पस चिफको रुपमा प्रध्यापक इश्वरी चन्द्र प्रकाश तिवारीले नेतृत्व गरिरहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

स्कूल स्थापना भएको २२ वर्ष भयो । स्कूल स्थपनाका दुई दशकमा धेरै उतारचडाबहरु व्यवहोरेको छ गोरखाले । लगातारको लगनशीलताका कारण लोभलाग्दो प्रगति समेत गरेको छ । गोरखामा अध्ययन गर्न विद्यार्थीहरुको तछाडमछाड नै हुने गरेको छ । यहाँ बालबालिका अध्ययन गराउन शक्तिकेन्द्र समेत लाग्ने गरेका छन् । संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष आलेमगर आफूहरुको निकै ठूलो प्रयास र  कडा मेहनतका लागि यो स्थानसम्म आइपुगेको बताउँछन् ।  

गोरखा युनाइटेड पब्लिक स्कूल स्थापना हुँदा नेपालमा शसस्त्र द्वन्द्व चर्र्किएको थियो । देशको अवस्था पूरै अस्तव्यस्त । राजनीतिक, सामाजिक र शैक्षिक अवस्था पनि राम्रो थिएन । तत्कालीन नेपालको राजनीतिक अवस्थाले आफूहरुलाई स्थापनाकालमा धेरै चुनौती दिएको उनी सुनाउँछन् । 

तत्कालीन बिद्रोही पक्षमा ओबादीको आन्दोलन चर्केको थियो । माओवादीको प्रमुख लक्ष्यमध्ये एक संस्थागत विद्यालय बन्द गर्ने योजना थियो । २०६१ सालमा एसएलसी चलिरहेको बेला विद्यालयमा आक्रमण भयो । माओवादीले विद्यालयमा बम पड्कायो । किन पड्काइयो अहिले पनि थाहा छैन । त्यो बेला पाँच लाख क्षति भएको थियो । मानवीय क्षति भने हुन सकेन ।

आर्थिक रुपमा पनि स्कूल सञ्चालन गर्न निकै समस्या रहेको उनी सम्झिन्छन् ।  बैंकहरुले स्कूलहरुलाई लगानी गर्न बन्द गरेका थिए । तत्कालीन अवस्थामा चरम अभावका बीच हामी पेन्सनवालाहरुले विदेशमा बगाएको पसिना र गरेका गुलामीबाट बचेको पैसाबाट स्कूल सञ्चालन गरेको उनले बताए । उनका अनुसार कुनैपनि लगानीकर्ताहरुले एक रुपैयाँ पनि नाफा लिएका छैनन् । वार्षिक रुपमा भएको नाफा विद्यालय मै लागनी हुन्छ । अहिले स्कूलको नाममा ९ विगाहा जग्गा रहेको छ । अहिले भएको पूर्वाधार सबै विद्यालयको हो ।

कोभिडपछि खड्किएको डिजिटल विद्यालयको आवश्यकता

२०७७ सालमा विश्वव्यापी कोरोना संक्रमणका कारण सिंगो विश्व नै प्रभावित भयो ।  यो संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । बाँके जिल्ला त कोरोना संक्रमणको हटस्ष्ट नै बन्यो । सिंगो विश्व नै बन्दाबन्दीको अवस्थामा पुग्यो । कोभिड–१९ संक्रमण विश्वको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा प्रतिकूल असर ग¥यो ।  कोभिडका कारण शैक्षिक क्षेत्र समेत प्रभावित बन्न पुग्यो ।  लकडाउन गरियो । 

पाँच महिना स्कूलहरु बन्द भए । शिक्षक कर्मचारीहरु घरमै बस्न बाध्य भए । एक जनाले अर्को व्यक्तिलाई भेट्ने समेत वातावरण भएन । आलेमगर भन्छन्,‘त्यतिबेला सबैभन्दा खड्किएको विषय भनेको प्रविधि हो । प्रविधिको प्रयोग र विकासको हामीले अभाव महशुस ग¥यौँ ।’

यद्यपी विद्यालयले अन्य देशमा लागू गरिएको अनलाइन कक्षा भने सञ्चालन गरेको उनले बताए । शिक्षकहरुले अनलाइनका माध्यमबाट प्रविधिको प्रयोग गरेर घरबाटै पढाए, विद्यार्थीहरु घरबाटै पढेँ ।त्यतिबेला स्कूल घाटामा हुँदा समेत पारिश्रमिक दिइएको उनले बताए । सम्बवत ः बाँके जिल्लामै पहिलोपटक अनलाइन कक्षा सञ्चालन गरेको उनको दाबी छ ।  उनी भन्छन्,‘कोभिड–१९ र लकडाउनले निकै ठूलो पाठ सिकायो ।’ 

त्यसपछि उनलाई लाग्यो । हिजोको गोरखा स्कूल र २१ औं शताब्दीले मागेको गोरखा स्कूल होइन । अहिलेको स्कूलहरु प्रविधिमा निकै पछि रहेको उनले निष्कर्ष निकाले ।

लगत्तै सञ्चालकहरुको बैठक बस्यो । उक्त बैठकले गोरखा युनाइटेड पब्लिक स्कूललाई डिजिटल विद्यालय बनाउने योजना अघि सा¥यो । २०७८ सालको बैशाख महिना मै दुई जना विज्ञ बोलाएर डिजिटल विद्यालयको लागि कार्ययोजना बनाउने काम सुरु भयो ।   

ती विज्ञहरु थिए, त्रिभुवन विश्वविद्यालयमा अवकास प्राप्त थिए, डा.गोविन्द ढकाल र अर्का आर्थिक सम्बन्धीका जानकार । त्यसपछि विद्यालयलाई सम्पूर्ण रुपमा डिजिटल विद्यालय यात्रा तय भएको उनले बताए । आइटी माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नको लागि अहिले स्कूलले पूर्वाधार निर्माणको काम थालिसकेको छ । डिजिटल विद्यालयका लागि  शैक्षिक सत्र २०८० देखि पञ्च वर्षीय योजना लागू हुने स्कूलले जनाएको छ । 

हाल पहिलो चरणमा स्कूलमा रहेका पुराना संरचनालाई पुनःनिर्माणको काम सुरु भइसकेको छ । विस्तारै सम्पूर्ण कक्षामा एयर कण्डिसन जडान गरिने योजना रहेको छ । 

अर्को शैक्षिक सत्रबाट कक्षा नर्सनरी देखि कक्षा पाँचसम्म फोनबाट अध्ययापन सुुरु गरिनेछ । यतिमात्रै होइन विद्यार्थीहरुको स्वमिङ पूल र शिक्षक कर्मचारीहरुको लागि जिम स्थापना गर्ने समेत योजना पञ्चवर्षीय योजनामा समावेश छ । आगामी पाँच वर्षमा गोरखा युनाइटेड पब्लिक स्कूल सम्पूर्ण रुपमा डिजिटल स्कूल बन्नेछ । स्मार्ट बोर्ड टिचिङ सुरु हुनेछ भने  नर्सरीदेखि स्नातक तहसम्म व्यवहारिक शिक्षा लागू हुनेछ । 

प्रि प्राइमरी तहदेखि पञ्चवर्षीय योजना अनुसार काम सुरु भइसकेको छ । विद्यार्थीहरुलाई प्रविधिको माध्यमबाट अध्ययन गराउनको लागि काठमाडौं विश्वविद्यालयमा पिएचडी गरिरहेका ढुण्डीराज गिरी विज्ञका रुपमा नियुक्त भइसकेका छन् । 

पञ्चवर्षीय योजना सुनाउँदै आलेमगर भन्छन्,‘अब गोरखामा नर्सरीदेखि युकेजीका विद्यार्थीले किताब बोकेर स्कूल आउनु पर्दैन । पाठ्यक्रमको कन्सेप्टमा शिक्षकले पुस्तक तयार गरेर व्यवहारिक र प्रविधिमैत्री रुपमा शिक्षा प्रदान गर्नेछन् ।’ योजना कार्यान्वयन २०८० सालको सुरु नै कार्यान्वयनको चरणमा पुगिसकेको छ । विस्तारै माथिल्ला कक्षाहरुमा समेत योजना लागू हुनेछ । २०८१ माकक्षा १ देखि ५ सम्म लागू हुनेछ । पाँच वर्षमा हरेक वर्ष गरी कक्षा १२ सम्म लागू हुने उनले बताए । 

त्यसपछि तल्ला कक्षाका विद्यार्थीहरुले झोला र किताब बोक्ने छैनन् । सिनियर कक्षाहरुमा होमवर्क र प्रयोगात्मक काम सबै प्रविधिको प्रयोग गर्दै इमेल मार्फत अध्ययन हुनेछ । त्यसको लागि विद्यार्थीहरुसँग स्मार्ट फोन अनिवार्य हुनुपर्नेछ । शिक्षकसँग पनि स्मार्ट फोन हुनेछ । त्यही स्मार्ट फोनमा पुस्तक हुन्छ  । त्यसैबाट शिक्षकहरुले पढाउनेछन् । 

डिजिटल विद्यालय नै किन ?

अहिलेको जमाना भनेको प्रविधिको जमाना हो । प्रविधिको तीव्र विकास एउटै मोबाइलमा सिंगो संसार नै अटेको छ ।  अबको २१ औँ शताब्दी डिजिटल शताब्दी हो । शिक्षा समेत डिजिटल हुनुपर्छ ।आलेमगरका अनुसार तथ्यांक अनुसार संस्थागत विद्यालयमा पढ्ने ६० प्रतिशत विद्यार्थीको गन्तव्य विदेश हुन्छ । विदेश जाँदा नेपाली विद्यार्थीहरु आइटीमा अघि नभएका कारण समस्या भोग्छन् । यो सब हुनुको कारण घोगन्ते  शिक्षा हो ।  उनको निष्कर्ष छ, पुस्तकले ज्ञान त दियो व्यवहारिक शिक्षा भएन । त्यसैलै गोरखाले प्रविधिमैत्री विद्यालय रोजेको उनले बताए । स्कूललाई नयाँ सिस्टममा ढाल्नको लागि पञ्च वर्षीय योजना तयार गरिएको उनले बताए । नयाँ योजना सफल बनाउन सञ्चालकहरुले १५ करोड रुपैया ँलगानी गर्नेछन् । 

यो प्रणाली लागू गर्नको लागि विद्यार्थीको संख्या घटाउने विद्यालयको योजना रहेको छ ।  अहिले प्रतिकक्षा ४० जना विद्यार्थी हुन्छन् । यो योजना लागू गर्नको लागि प्रतिकक्षा बढीमा २५ जना मात्रै विद्यार्थी हुनेछ । बरु थोरैलाई शिक्षा दिने र तर, गुणस्तरीय शिक्षा दिने उनी  बताउँछन् ।  पञ्चवर्षीय योजना अनुसार पढ्दै सिक्दै भन्ने मूलमन्त्र सहित अघि  सारिएको छ । कृषिलाई पनि प्राथमिकता दिइएको छ । विद्यार्थीले पढ्ने मात्रै नभइ व्यापार व्यवसाय गर्न समेत सिक्ने योजना रहेको छ । 

गोरखाका ९० प्रतिशत विद्यार्थी रोजगार

गोरखा युनाइटेड पब्लिक स्कूलमा अहिले अध्ययन गरिरहेको ब्याच २१ औँ हो । नर्सरीदेखि कक्षा १० सम्म अहिलेसम्म १७ सय भन्दा बढी विद्यार्थी पास आउट भइसकेका छन् । प्लस टु तर्फ २०६५ देखि हालसम्म १३ सय जना पासआउट भइसकेका छन् । यहाँ अध्ययन गरेकाहरु विश्वविद्यालयहरुमा प्रोफेसरसम्म भएका छन् । ९० प्रतिशत विद्यार्थी सफल भएको स्कूलको तथ्यांक छ । प्लस टुमा विज्ञान पढ्नेहरु पनि नेपालमा विज्ञान विषय पढाइ हुने अधिकांश कलेजमा स्कलरसिप पाइरहेका छन् । अहिले अध्ययन गरिरहेका विद्यार्थीहरुले शैक्षिक रुपमा मात्रै होइन, खेलकुद, विज्ञान प्रविधि, वाक कला लगायतमा निपूर्ण रहेको स्कूलले जनाएको छ । जिल्ला मै उत्कृष्ट रिजल्ट  रहेको छ ।  अबको चार वर्षमा गोरखाको अहिलेसम्मको सिस्टमबाट सम्पूर्ण रुपमा यु–टर्न हुनेछ । 

स्नातक तहमा विएस्सी एजी कार्यक्रम

गोरखा युनाइटेड पब्लिक स्कूलको सह संस्था हो –गोरखा पोलिटेक्निक एण्ड रिचर्स सेन्टर । यो गोरखा युनाइटेड पब्लिक स्कूलको एउटा युनिट पनिहो । यो स्नातक तह पढाइ हुने कलेज पनि हो । यहाँ विएस्सी एजीको अध्यापन हुन्छ । २०७५ सालमा स्थापना भएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । यसमा ५० जना विद्यार्थीको कोटा रहेको छ । क्याम्पस प्रमुख प्रोफेसर इश्वरीचन्द्र प्रकाश तिवारी अहिले सातौं सेमेस्टर पढाइ भइरहेको बताउँछन् । 

उनी भन्छन्,‘कृषि नेपालको मेरुदण्ड हो, कृषि विना जिविकोपार्जन सम्भव छैन । बढ्दो जनसंख्याको भरपोषण हो ।  गाँसको लागि आवश्यक हो । रोजगारमूलक शिक्षाका लागि कृषि अध्ययन भइरहेको छ ।’ अहिले कलेजमा चार वटा ब्याच रहेका छन् । सातौ ब्याच इन्टर्नसिपगरिरहेको छ । । उनीहरुले ६ महिनाको इन्टर्नसिप गर्नुपर्छ । यसमा सात जना विद्यार्थी रहेका छन् । अर्को ब्याचले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा प्रयोगात्मक रुपमा काम गरिरहेका छन् ।  भइरहेका छन् । 

बाँकी खजुरमाा रहेको कृषि अनुसन्धान परिषद्मा पनि विद्यार्थीहरुले काम गरिरहेका छन् । त्यहाँ १७ जना रहेको कलेजले जनाएको छ । विभिन्न आधा दर्जन बढी विषयमा अनुसन्धान गरिरहेका छन् । फोर समेष्टर रहेको परिक्षा दिइरहेको छ । सेकेण्ड सेमेस्टार पनि परिक्षा दिइरहेको छ । 

‘कृषि पढेकाहरु अक्सर रोजगार छन् । उनीहरुलाई सरकारले लिन्छ । सरकारले आठ देखि १२ सम्म कृषि पढाउन सुरु गरेको छ । उनले भने, सरकारले कृषिमा लोन पनि दिएको छ । खेत छ भने  आफै कृषिकर्म गर्न सक्छन् । उनीहरु स्वरोजगार बन्न सक्छन् । उनीहरुले रोजगारी समेत सिर्जना गर्छन् । यो विषय राम्रो रहेको छ ।’ कलेजमा क्याम्पस प्रमुखसहित चार जना जनशक्ति रहेका छन् ।