नेपालगन्ज २५ साउन : राप्ती नदीको डुबान तथा बाढी प्रभावितहरूले बस्ती जोगाइदिन सरकारसँग माग गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–७, खल्ला झगडिया र सो वरिपरिको गाउँबस्ती डुबान र बाढीको उच्च जोखिममा छन् ।
यो पनि पढ्नुहोस् वर्षेनी बाँके डुब्नुको कारण लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध
खल्ला झगडियामा तटबन्ध निर्माण गरी सो क्षेत्रका गाउँबस्ती जोगाइदिन माग गर्दै स्थानीयले प्लेकार्ड बोकेर नदीले कटान गरिरहेको स्थानमै बसेर सरकारको ध्यानाकर्षण गराएका छन् ।
यो पनि पढ्नुहोस् बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी
स्थानीय अरुण यादवले वर्षा सुरु भएकाले नदीले कटान तीव्र पारेको हुँदा गाउँबस्ती अति नै जोखिममा परेको बताए । सो अवस्थाका बारेमा सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो उनको छ ।
अर्का स्थानीयवासी शङ्कर यादवले विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको जानकारी दिए ।
यो पनि पढ्नुहोस् राप्ती तटीय क्षेत्रका नागरिको नियती , नदी तर्न डुंगाकै भर
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ६० हजार जनता प्रत्यक्ष जोखिममा पर्दा कुनै सुनुवाइ नहुनु आश्चर्यको विषय भएको बताए । सो कटान र डुबान क्षेत्रको स्थलगत अवलोकन गरेका प्रतिनिधि सभा सदस्य सूर्य ढकालले नदीप्रभावित राप्तीसोनारी र नरैनापुरवासीको गुनासो जायज भएको बताए ।
यो पनि पढ्नुहोस् राप्ती नदी तटीय क्षेत्रको अनुगमन : भत्किएको तटबन्ध र्निर्माण भएन निरीक्षण मात्रै
खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले कुनै पनि बेला ठुलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्काल राज्यका निकायको ध्यानाकर्षण हुनुपर्ने मानवअधिकारवादीको भनाइ छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का लुम्बिनी प्रदेश संयोजक भोला महतले खेतीयोग्य जमिन कटान गर्दै नदी बस्तीमै प्रवेश गर्ने अवस्था आइसकेकाले अप्रिय घटना हुनुभन्दा पहिल्यै सतर्कता आवश्यक भएको बताए ।
यो पनि पढ्नुहोस् लक्ष्मणपुर बाँधको नियती : मनसूनका बेला सुत्दैनन राप्ती नदी तटीयका बासिन्दा
नदीमा तटबन्ध निर्माण नभएका कारण राप्तीसोनारी–६ र ७ का सर्रा, भवानियापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाका गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायतका बस्ती उच्च जोखिममा छन् ।