डा.बागचन्द उच्च अदालतको मुख्य न्यायाधीश


सेतोखरी सेतोखरी   शुक्रबार, साउन २५, २०८१
डा.बागचन्द उच्च अदालतको मुख्य न्यायाधीश

नेपालगन्ज २५ साउन : न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको छ । 

परिषदको शुक्रबारको बैठकले ३५ जिल्ला न्यायाधीशको नाम पनि सिफारिस गरेको हो ।

यो पनि पढ्नुहोस् अदालतलाई मिडियामैत्री बनाउँदै छौं : वरिष्ठतम् न्यायाधीश बागचन्द

न्यायपरिषदले उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । सिफारिस अनुसार प्रधानन्यायाधीशले उनको नियुक्ती गर्नेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

उच्च अदालत तुलसीपुर, नेपालगन्जमा डा. बागचन्द वरिष्ठतम् न्यायाधीशको रुपमा रहेर कार्य सम्पादन समेत गरिसकेकाछन् । 

नेपालगनजमा रहँदा न्यायालय र न्यायालयबाट अन्यायमा परेका जनताका लागि मिडियाको भूमिका पुलको रुपमा रहने भन्दै सोबेला न्यायाधीश डाक्टर बागचन्दले अदालतमैत्री पत्रकारिता, पत्रकारितामैत्री अदालत बनोस् भन्ने ध्ययका साथ काम गरेका थिए ।

कानून र किताबमा लेखेर लोकतन्त्र कायम नहुने, यसका लागि संस्कार, व्यवहार र दृढ संकल्पले मात्र लोकतन्त्रको प्रत्याभूति हुनेमा विश्वास राख्ने डा. बागचन्दले नेपालगन्जमा रहँदा नागरिकको अधिकार रक्षा गरेर न्याय सम्पादन गर्दै जनतालाई न्याय प्रदान गर्ने कार्यमा न्यायालयबाट कम्प्रोमाईज गरेका थिएनन् ।