महिनै पिच्छे जस्तो बिभिन्न बहानामा पटक–पटक भेरी अस्पतालमा आईरहने मुख्यमन्त्री, संघीयमन्त्री, प्रदेशमन्त्री, स्वास्थ्य सचिवहरु तथा अस्पताल प्रशासन, अस्पताल बिकास समिती कसै–कसैले देखेनन् हजारौं संख्याका सिकल-थालेसेमियाका बिरामीहरुको पीडा ।
प्रायः हरेक नयाँ भवन, हरेक नयाँ सेवाको उद्घाटन र सिलान्यास गर्न वा आफ्न्त, इष्टमित्र भेटघाटका लागि अनुगमनको साइत जुराएर, सबै कुरा छोडेर हौसिएर उद्घाटन वा अनुगमनमा हतार–हतार भेरी अस्पताल आईपुग्ने भिआईपीहरुको प्राथमिकतामा उपचार मै सबै थोक सकी सकेर आर्थिकरुपमा थलिएका सिकलसेल-थालेसेमियाका बिरामीहरु कहिल्यै पनि पर्न सकेका छैनन् ।
सिकलसेल एनिमिया नेपालको पश्चिम तराईका थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा पहिचान भएको करीब एक दशक पुरा भए पनि यस क्षेत्रमा हालसम्म सन्तोषजनक काम हुन सकेको छैन ।
हालसम्म स्वास्थ्य क्षेत्रका थुपै मूर्धन्य व्यक्तित्वहरुको आगमन भै सकेको छ । जुन कुरा भेरी अस्पतालका प्रायः भवनै पिच्छे शिलामा लेखिएका अक्षरहरुले बताउँछन् । पछिल्लो डेढ वर्षमा मात्र बिभिन्न अवसरमा, मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, संघीय स्वास्थ्यमन्त्री, मोहन बहादुर बस्नेत, बहालवाला संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेल, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु प्रसाद खनाल, दीपेन्द्र कुमार पुन मगर, प्रदेश स्वास्थ्य सचिव जर्नाधन पन्थी लगायतका स्वास्थ्यका क्षेत्रका महत्वपूर्ण व्यक्तित्वहरुलाई भेरी अस्पतालले स्वागत गरेको छ ।
बिगतमा पनि संघीय स्वास्थ्यमन्त्री रामजलन चौधरी, संघीय स्वास्थ्य मन्त्री भानुभतm ढकाल, सचिव डा.रोशन पोख्रेल लगायत स्वास्थ्य क्षेत्रका जिम्मेवार मानिसहरुको आगमन भै सकेको छ । त्यसैगरी स्वास्थ्यमन्त्रीको परिवर्तनसँगै फेरिईरहने बिगत केहि वर्ष यतामात्र पनि भेरी अस्पतालको मेसुका रुपमा विभिन्न काण्डमा नाम जोडिएर आएका डा.पिताम्बर सुबेदी, कोभिडका बेलामा मेसु हुँदा ठुलै काण्डमा नाम जोडिएर आएका र बहालवाला मेसु डाक्टर प्रकाश बहादुर थापा, डा.रुपानन्द अधिकारी, डा.बिरेन्द्र बहादुर चन्द, डा.श्पाम सुन्दर यादव, डा.बद्री चापागाईँ, डा.पवनजंग रायमाझी लगायतका डाक्टरहरुलाई भेरी अस्पतालले प्रमुखका रुपमा नपाएको होइन् । तर, पनि कसैको प्राथमिकता पर्न सकेन् । बिरामीहरु रगत, बेड, फोलिक एसिड, हाइड्रोक्जियुरीया जस्ता साना–साना कुराका लागि संर्घष गर्नुपर्यो ।
कुनै मेसु आफ्नो कार्यकालमा सिकल जाँच मसिन खरिदका लागि आएको करोडौँ रुपैया फ्रिज गराए, रकमान्तर गरेर दुरुपयोग गरे, कोही गर्न चाहेर पनि सकेनन् भने धेरै मेसुहरु गर्नै चाहेनन् । सिकलसेलमा जे जति हुनु पर्ने हो हुन सकेन नै । त्यसैगरी स्वास्थ्यका बारेमा ज्ञान होस् की नहोस् तर, हरेक पटक स्वास्थ्यमन्त्रीको परिवर्तन सँगै मन्त्रीका पार्टीका कार्यकर्तालाई अस्पताल विकास समितिको अध्यक्षका रुपमा ल्याएर आएका बिगत केहि वर्ष यताका मात्र अध्यक्षहरु प्रमोद धिताल र बिरेन्द्र बहादुर शाह आए ।
पार्टीको भागबण्डामा परेर आएका सदस्यहरु कोही पनि सिकल÷थालेसेमियामा गभीर देखिएका छैनन् । स्वास्थ्यका अन्य क्षेत्र गरिए होलान्, भए होलान तर, सिकलसेल-थालेसेमियाका हालसम्म उल्लेख्य कुनै पनि कुरा भएको जानकारी छैन् । कसैको मनमा सिकलसेल÷थालेसेमियाका बिरामीहरका बारेमा केही राम्रो गर्नेबारे सोँच भएको भए थाहा भएन तर, यी बिरामीहरुले अनुभुति हुने गरी कसैले काम गरेको देखिएको छैन् ।
देशमै सबै भन्दा धेरै ११६९ जना सिकलसेलका बिरामीहरु र १०० बढी थालेसेमियाका बिरामीहरु भेरी अस्पताल नेपालगन्जमा उपचाररत रहेका छन् । देशका बिभिन्न स्थानहरुः कपिलबस्तु, नवलपरासी, दैलेख, प्युठान, दाङ, बाँके, बर्दिया, सर्खेत र कैलालीबाट उपचारका लागि भेरी अस्पताल आउने सिकलसेल÷थालेसेमियाका बिरामीहरु यी भीआईपीहरुको नजरमा कहिल्यै पर्न सकेका छैनन् ।
बारम्बारको स्वास्थ्य समस्याबाट आजित अनि थकित सिकलसेल÷थालेसेमियाका बिरामीहरु स्वास्थ्यमा समस्या भई निको हुने सपना बोकेर हतार–हतार भेरी अस्पताल आई पुग्गेकाहरु बेड नपाएर कहिले शौचालयको ढोका छेउ भुईमा त कहिले बेन्चमा बसेर उपचार गराउन विवस हुन्छन् ।
यसरी उपचार कुरिरहेका उनीहरुलाई कुल्चिदैँ हिँडे पनि कसैको नजरमा पर्न सक्दैनन् । थाहा छैन यस्तो अवस्थाले कहिलेसम्म सम्बन्धित निकायको ध्यान खिच्न सक्छ ।
थाहा छैन पटक–पटकको भ्रमणमा आउने मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सचिवहरुलाई ब्रिफिङमा अस्पताल प्रशासनले यहाँको समस्याका बारेमा जानकारी गराउँछ या गराउँदै । गराउँछ भने यहाँका समस्याका बारेमा किन केही हुदैन ? कि अस्पतालको नेतृत्व नै असफल हो ?
केहि गर्न नसक्नेले किन जिम्मेवारीमा बस्नु पर्ने ? नेतृत्वका असक्षमताको सजाय बिरामीले किन र कहिलेसम्म भोगी रहनु पर्ने ? अस्पताल बिकास समिति के–का लागि ? सिकलसेल÷थालेसेमियाका बिरामीहरुको छटपटाहटको पीडा किन यीनीहरुलाई हुँदैन् ? के यिनीहरुको आफ््नो पर्नेहरु यस्तो पीडामा छैनन् ? यस्तो पीडा देख्दा नि नपग्लिने कति कठोर मन होला ? मन पगाल्न अझँै कति जना मर्नु पर्ने हो ? जिम्मेवार मनुवाहरु केहि गर्न नसकेको हो वा नचाहेका हो ? केहि गर्न नसक्ने हो वा नचाहने हो भने कुन नैतिकताका आधारमा घुम्ने कुर्चीमा बस्नु पर्ने ? अलिकति पनि लाज लाग्छ की लाग्दैन् ?
सिकलसेलका नाममा वर्षेनी आउने करोडौं रुपैयाँ रकमान्तर गरेर दुरुपयोग गर्ने । सिकलका नाममा आएको पैसाले अफ्ना मान्छेहरुलाई भर्ती गर्ने ? तपाईहरुका आफन्तहरुलाई रोजगारी दिने ठाउँ भेरी बाहेक अन्त कतै छैन ? सिकलसेल÷थालेसेमियाका बिरामीहरुको लागि छुट्टै वार्ड खोल्ने नाममा आफ्ना मान्छेलाई जागिर दिएको त वर्ष पुग्न लाग्यो त ! कि आफ्नालाई ठाउँमा पु¥याएपछि सिकलसेल÷थालेसेमियाका बिरामीहरु भुल्नु भयो ? डे केयर सञ्चालन गर्नु पर्दैन ? की तपाईका मान्छेलाई जागिर खुवाउने अरु कुनै शिर्षक पाउनु भएन् ? तपाईका मान्छेलाई नोकरी भएपछि तपाईलाई त पुगे होला तर, सिकलसेल-थालेसेमियाका बिरामीहरुले उपचार पाएनन् नि ! यस बारे सोँच्ने कि नसोँच्ने ? सिकलसेल÷थालेसेमियाका बिरामीहरुले आफ्ना नाममा आएको पैसाको एक–एक हिसाब खोज्न थाले भने के होला ? यसबारे कहिल्यै ध्यान पु¥याउनु भएको छ ?
चौधरी सिकलसेल एनिमिया सोसाईटी (स्कास) नेपाल अध्यक्ष हुन् ।