थारु संघको प्रथम जिल्ला भेलाः अध्यक्षमा बजारु थारु


सेतोखरी सेतोखरी   शनिबार, साउन २६, २०८१
थारु संघको प्रथम जिल्ला भेलाः अध्यक्षमा बजारु थारु

नेपालगन्ज २५ साउन : नेपाली काँग्रेसको सबैभन्दा कान्छो भातृ संगठन नेपाल थारु संघ बाँकेको प्रथम भेलाले बजारु थारुको संयोजकत्वमा तर्दथ समिति गठन गरेको छ । 

नेपाल थारु संघ केन्द्रिय कार्यसमितिको आयोजनामा शनिवार कोहलपुरमा भएको भेलाले थारुको संयोजकत्वमा जिल्ला तर्दथ समिति गठन गरेको हो ।

फुलाराम थारुको अध्यक्षता एवम् नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आथित्यतामा भएको हो ।

भेलालाई सम्बोधन गर्दै पार्टी सभापति गौडेलले नेपाली काँग्रेसलाई यो स्थानसम्म ल्याउन थारु समुदायको भूमिका अहम रहेको बताए । उनले भातृ संगठन चलायमान बने पार्टी पनि बलियो हुने बताए । 

Kanti Aarogya Hospital Nepalgunj

उनले बाँके काँग्रेस अहिले संगठन सुदृढिकरणको अभियानमा समेत रहेकाले नेपाल थारु संघले पनि थारुहरुलाई काँग्रेसमा गोलबद्ध गर्दै पार्टीलाई बलियो बनाउने अभियान थाल्न निर्देशन समेत दिए । 

पार्टी सचिव सञ्जु थारुले काँग्रेसलाई बलियो बनाउने गरी संघले कार्यक्रमहरु अगाडि बढाउनु पर्ने सुझाव दिइन् । उनले तदर्थ समितिलाई तत्काल पूर्णता दिन पनि आग्रह गरिन् । 

उनले नेपालको राजनीतिक आन्दोलनमा थारु समुदायको भूमिका महत्वपूर्ण भएको बताइन् । उनले नेपाली काँग्रेसले नेतृत्व तहमा थारु सहभागिता सुनिश्चिता गरेकाले काँग्रेसले मात्रै थारु समुदायको मुद्दालाई सहि ढंगबाट व्यवस्थापन गर्ने बताइन् । 

भेलालाई काँग्रेस लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुसाल, पार्टी सहसचिव विनोद थारु, पूर्व पार्टी उपसभापति लाहुराम थारु, महासमिति सदस्यद्वय चिन्तामणी धिताल, लुट बहादुर केसी, नेपाल थारु संघका केन्द्रीय सदस्य भावन थारु, पवन कुमार थार, काँग्रेस क्षेत्र नम्बर–१ प्रदेश ‘ख’ का सभापति बलराम शर्मा, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुलगायतले सम्वोधन गरेका थिए ।