प्रेस युनियन बाँकेद्वारा सदस्यता नवीकरण गर्न आह्वान


सेतोखरी सेतोखरी   शनिबार, साउन २६, २०८१
प्रेस युनियन बाँकेद्वारा सदस्यता नवीकरण गर्न आह्वान

नेपालगन्ज २६ साउन : नेपाल प्रेस युनियन बाँकेले साधारण सदस्यता नवीकरणका लागि आह्वान गरेकोछ ।

युनियन बाँकेको शनिबार बसेको कार्यसमिति बैकले यही साउन २७ गतेदेखि भदौ १० गतेसम्म सदस्यता नवीकरण गर्न सदस्यहरुलाई अनुरोध गरेको हो । तर, सदस्यता नवीकरणका लागि शुल्क भने सार्वजनिक गरिएको छैन ।

यस्तै युनियन बाँकेले आगामी भदौ १५ गते वार्षिक साधारणसभासंगै तीज बिशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । भदौ १५ गते वार्षिक साधारणसभाकै अवसरमा तीज बिशेष कार्यक्रम गरिनेछ । यसका लागि विभिन्न समिति समेत गठन गरेकोछ ।

साधारणसभा तयारी र व्यवस्थापन समितिमा संयोजक प्रियास्मृती ढकाल रहनेगरि भीष्म लोध, खडक खत्री र सलामत अलि शेख रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै तीज महोत्सव कार्यक्रमका लागि निशा शाह संयोजक रहनेगरि लक्ष्मी गौडेल, सावित्री बिश्वकर्मा, आरती कट्टेल र सुविता थारु रहेकीछन् ।

तीज लेखनवृत्ति प्रतियोगिता र प्रेस युनियन बुलेटिनका लागि संयोजक कमल खत्री रहनेगरि बिक्रम बुढा, रामप्रसाद आचार्य र अभिषेक गुप्ता रहेको समिति गठन गरेकोछ ।