राष्ट्रिय युवा नीति नहुँदा गन्तब्यहीन नेपाली युवा


सेतोखरी सेतोखरी   सोमबार, साउन २८, २०८१
राष्ट्रिय युवा नीति नहुँदा गन्तब्यहीन नेपाली युवा

अन्तर्राष्ट्रिय युवा दिवस हरेक वर्ष (१२ अगस्ट)मा मनाइन्छ । यो दिवसलाई संयुक्त राष्ट्र संघले १९९९ मा घोषणा गरेको थियो । २००० देखि हरेक वर्ष विश्वभर मनाइन्छ । यो दिवसको उद्देश्य विश्वभरका युवाहरूको योगदान, उनीहरूको क्षमता र उनीहरूलाई सामना गर्ने र चुनौतीहरूको बारेमा जनचेतना फैलाउनु हो ।

अन्तर्राष्ट्रिय युवा दिवसले युवाहरूको सशक्तिकरण, तिनीहरूको आवाजलाई मान्यता र तिनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्दछ । युवा देशको सिङ्गो राजनीतिक ब्यवस्था पतिवर्तन सामाजिक, रुपान्तरणमा नेपाली युवाको गौरविलो योगदान छ ।

युवा शक्ति कुनै पनि देशको राजनीतिक आर्थिक र सामाजिक परिवर्तनकोन संबाहक हुन । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगती हाँसिल गरेका छन् ।

‘युवा’ भन्नाले उमेरको दृष्टिले किशोरावस्थादेखि ३५–४० वर्षको उमेर समूहसम्मका व्यक्तिहरूलाई बुझिन्छ । यी व्यक्तिहरूलाई युवा भनिन्छ किनकि उनीहरू शारीरिक, मानसिक, र सामाजिक दृष्टिकोणले सक्रिय र उर्जावान हुन्छन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

कसैलाई ‘युवा’ भनेर बुझ्दा उमेरको मात्र कुरा हुँदैन । तर, उनीहरूको सोँच, उर्जा र समाजमा गर्ने योगदानको पनि महत्वपूर्ण भूमिका हुन्छ । युवा मानिसहरू अक्सर समाजमा परिवर्तन ल्याउने, नयाँ विचारहरू प्रस्तुत गर्ने र भविष्यको दिशा निर्धारण गर्ने क्षमता राख्छन् । सामान्यतया, युवा भन्नाले प्रायः १५–२४ वर्षको उमेर समूहलाई बुझाउने गरिन्छ, तर यो उमेर समूह फरक–फरक सन्दर्भमा फरक हुन सक्छ ।

आज नेपाली युवाको दिनप्रतिदिनको उच्च विदेश पलायन दरले युवा वर्गमा निराशा र आत्माबल कमजोर हुँदै गएको देख्दछु । हिजो देशको ब्यवस्था परिवर्तनका निम्ति लडेका लागेका परिवर्तनशील जागरुक हाँसिला युवा अनुहार आज निन्याउरो अनुहार र धमिलो भविष्यलाइ उज्ज्वल बनाउन विदेशी भूमीमा श्रम बेच्न बाध्य छन् ।

नेपाली युवालाइ साँच्चै राज्य संयन्त्र निकायबाट पछाडी पारिएको नै सहसुस भएको छ । आज नेपाली युवा दिनप्रतिदिन विदेशिनु देशमा रहेका युवा पनि कुलत दुर्ब्यशन गलत कार्यमा सामेल हुनुमा देशको खराब राजनीति नेतृत्व र अस्थिर राजनीति, प्रस्तिस्पर्धी युवालाई राजनीति दलको भर्ती केन्द्रमा भर्ती गरेर देशका जुनसुकै दलको दास बनाउनुले पनि नेपाली युवाको नेतृत्व स्तर खस्किँदो अवस्थामा रहेको छ ।

अध्यागमन बिभागका अनुसार सन् २०२३ मा ७० हजार नौ सय १५ जना युवाहरू विभिन्न देशका लागि बिदेशिएका छन् । दैनिक १५ देखि २५ सय युवा कुनै न कुनै रुपमा बाहिरिएका छन् । आइएलओका अनुसार वार्षिक ५ लाख भन्दा बढी युवा जिविकोपार्जन र कामको खोजीमा बिदेशिने गरेकाछन् । वैदेशिक रोजगारमा १% प्रतिशत दक्ष जनशक्ति र २५% अर्धदक्ष जनशक्ति र ७४ % प्रतिशत अदक्ष युवाहरू विदेशिएका छन् । प्राय युवाहरू विदेशमा सीप र क्षमता भन्दा श्रम पसिना बगाउन विबस भएको तितो यथार्थ हाम्रा सामु छ । आज नेपाली युवाहरुको रोजाइ र बाध्यता विदेश बन्न थालेपछि रित्तिदै छन् गाउँ बस्तिहरु र प्रदेशिको आगमनमा ती मलिन बृद्ध आमा बुवाको सासले आफ्नो जिवनको उतरार्धको सहारा खोज्दैछन् । कुनै पनि राष्ट्रका युवा बेरोजगारी गम्भीर समस्या हो तर, हाम्रो देशमा युवा बेरोजगारीलाई आफ्नो राजनीति कार्यकर्ता भर्ती र चुनावी सहजताको रुपमा लिइनु दुःखद विषय बनेको छ । गरिबी बेरोजगारीको कारण हो भने बेरोजगारी गरिबीको कारण हो । नेपाली युवा बेरोजगारीले आक्रान्त रहेको छ ।

नेपाली युवाहरूको शिक्षा, सीप र रोजगारीको वर्तमान अवस्था सन्तोषजनक छैन । जसले देशको सामाजिक र आर्थिक विकासमा प्रत्यक्ष असर पारेको छ । आधारभूत शिक्षा (कक्षा १–८) मा भर्ना दर ९० प्रतिशतभन्दा माथि छ तर, एसईई उत्तीर्ण दर अत्यन्त कमजोर छ । यसमाथि शिक्षा र सीपको तालमेल छैन । विश्व बजारमा टिक्न सक्ने र बिक्न सक्ने शिक्षाको अभावले हाम्रा कलेजहरू बिस्तारै विद्यार्थीविहीन बन्दै गइरहेका छन् । अर्थात् अध्ययनसँगै अवसरको खोजीमा युवाको ठुलो पंक्ति विदेशीने क्रम चलिरहेकै छ । 

नेपाल विश्व युवा सूचाङ्कमा १४५ औ स्थानमा रहेको छ । दक्षिण एसियाका मुलुकसँग तुलना गर्दा पनि नेपालको युवा विकास सूचाङ्कमा कमजोर देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार पूर्ण बेरोजगारी दर १९.२% रहेको छ । अर्ध बेरोजगारीको दर २८.३% छ । युवा श्रम शक्तिको झण्डै आधा भाग अझैँ गुजारामुखी र छाकटार्न बाध्य अवस्थामा छन् ।

वैदेशिक रोजगारीमा जाने वार्षिक पाँच लाख ३८ हजार युवा मध्ये ७४% युवा अदक्ष छन् । विप्रेषण ग्राहर्स्व उत्पादनको २९% पुगेको भएपनि यसको निकै सानो अंशमात्र उत्पादनको क्षेत्रमा प्रवाह भएको छ ।

नेपाली युवाको अवस्था मिश्रित छ, जसमा सकारात्मक र चुनौतीपूर्ण दुवै पक्ष छन् । यहाँ केही मुख्य बुँदाहरू छन्ः

सकारात्मक पक्षहरूः

शिक्षा र साक्षरताः  पछिल्ला दशकहरूमा नेपालमा शिक्षा पहुँचमा सुधार भएको छ। युवा वर्गको साक्षरता दर बढ्दै गएको छ, र धेरै युवाहरू उच्च शिक्षा प्राप्त गर्न उत्सुक छन् ।

प्रविधिको पहुँचः धेरै नेपाली युवाहरूले स्मार्टफोन, इन्टरनेट, र सामाजिक सञ्जालको प्रयोग गर्दैछन् । यसले उनीहरूलाई विश्वभरिका सूचना र अवसरहरूमा पहुँच पु¥याएको छ ।
उद्यमशीलताः युवाहरू उद्यमशीलताको क्षेत्रमा सक्रिय हुँदैछन् । विभिन्न स्टार्टअप्स र नयाँ व्यवसायहरूमा युवा वर्गको उत्साह देखिन्छ, जसले आर्थिक विकासमा योगदान पु¥याइरहेको छ ।

सामाजिक सचेतनाः नेपाली युवा सामाजिक मुद्दाहरूमा सचेत छन् । लैङ्गिक समानता, वातावरण संरक्षण र मानव अधिकारजस्ता विषयमा उनीहरू सक्रिय सहभागिता जनाइरहेका छन् ।

चुनौतीहरूः

रोजगारीको अभावः शिक्षित युवाहरूको ठूलो संख्या भए पनि रोजगारीको अवसर कम छ । बेरोजगारी दर उच्च छ र धेरै युवाहरू विदेशमा रोजगारीको खोजीमा जान बाध्य छन् ।

माइग्रेशनः ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारका लागि विदेश जान्छन् । यसले समाजमा ‘ब्रेन ड्रेन’ को समस्या उत्पन्न गरिरहेको छ, जहाँ दक्ष र शिक्षित जनशक्ति विदेशमा जान्छन् र देशभित्रको विकासमा योगदान कम हुन्छ ।

शिक्षा र सीपको असम्बन्धताः शिक्षा प्रणालीले बजारमा चाहिने सीपहरू प्रदान गर्न नसकेको देखिन्छ । यसले गर्दा धेरै युवाहरूले उच्च शिक्षा प्राप्त गरे पनि रोजगारी पाउन कठिनाइ महसुस गर्छन् ।

मानसिक स्वास्थ्यः बेरोजगारी, दबाब र अन्य सामाजिक समस्याहरूले गर्दा युवाहरूमा मानसिक स्वास्थ्य समस्याहरू बढ्दै गएका छन् । धेरैजसो समय यो विषयमा पर्याप्त ध्यान दिइएको छैन ।

वर्तमान समयमा नेपाली युवाहरूको अवस्था जटिल र विविध छ । केही प्रमुख पक्षहरूमा युवाहरूको अवस्था यसप्रकार छ :

– नेपालको अर्थतन्त्रले सीमित रोजगारी अवसरहरू सिर्जना गरेको छ, जसका कारण धेरै युवा बेरोजगार छन् । 
– विदेश पलायनः रोजगारीको खोजीमा धेरै नेपाली युवा विदेश जान बाध्य छन्, विशेष गरी खाडी मुलुकहरू र मलेसिया जस्ता ठाउँहरूमा ।
– उच्च शिक्षा हाँसिल गर्ने युवाहरूको संख्या बढेको छ, तर शिक्षाको गुणस्तर र रोजगारीसँगको सम्बन्ध अझै चुनौतीपूर्ण छ ।
– प्राविधिक शिक्षामा केही सुधार भए पनि धेरै युवाहरूलाई रोजगारसँग प्रत्यक्ष सम्बन्धित सीप आर्जन कार्यमा पछाडी परेका छन् ।
– युवा पुस्ता राजनीतिमा रुचि राख्छ, तर भ्रष्टाचार र राजनीतिक अस्थिरताले उनीहरूको विश्वासलाई कमजोर पारेको छ । वर्तमान युवा पुस्तामा अहिलेको बर्तमान राजनीतिले  युवा पुस्तामा बितृष्णा पैदा भएको छ ।
– सामाजिक अभियन्ता र स्थानीय स्तरका परियोजनाहरूमा युवाहरूको संलग्नता बढ्दै गएको छ ।
– युवाहरूमा स्वास्थ्य समस्याहरू, विशेष गरी मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ, जसमा तनाव, डिप्रेशन र आत्महत्याका दरहरू उच्च छ ।
– इन्टरनेट र प्रविधिको पहुँचले नेपाली युवाहरूलाई विश्वसँग जोड्न मद्दत पुर्याएको छ।
– स्टार्टअप र नवप्रवर्तनमा युवाहरूको रुचि बढेको छ, तर आर्थिक सहयोगको अभाव छ ।

यसरी, नेपाली युवाहरूको अवस्था केही सम्भावनाहरू र धेरै चुनौतीहरू मिश्रित छ, जसले देशको भविष्यलाई निर्माण गर्ने क्षमता राख्दछ ।  ः

नेपाली युवाहरूको भविष्य उज्यालो छ, तर तिनलाई सफल बनाउनका लागि सही नीतिहरू, रोजगारका अवसरहरू र युवा राजनीति नेतृत्व तहमा आशिन र शैक्षिक सुधारहरूको आवश्यकता छ । यदि यी चुनौतीहरूलाई सम्बोधन गर्न सकिन्छ भने नेपाली युवाहरूले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । -लेखक युवा विद्यार्थी हुन् ।