नेपालगन्ज ३० साउन : नेपालगन्जमा ‘एक्सपर्ट एजुकेशन एक्स्पो–२०२४’ आयोजना गरिदैँछ ।
एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगन्ज शाखाले यही साउन ३२ गते शुक्रबार होटल डाइमण्ड प्यालेसमा शैक्षिक जानकारीमूलक उक्त मेला गर्न लागेको हो ।
एक्स्पोमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने प्लस टू उत्तीर्ण र ब्याचलर तथा मास्टर अध्ययन गर्दै गरेका या नतिजा पर्खिरहेका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने छन् । उक्त एक्स्पो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ ।
एक्स्पोमा १८ भन्दा बढी कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु आउँदैछन् । सहभागिहरुले प्रतिनिधिहरुबाट ‘वन टु वन काउन्सेलिङ’ गर्न सक्नेछन् । त्यस्तै पीआर प्रोसेसको बारेमा बुझ्न चाहनेहरुले पनि सहभागिता जनाउन सक्नेछन् ।
एक्सपर्टले एक्स्पोमा सहभागी हुने प्रत्येक बिधार्थीलाई हात खाली नजाने उपहारको व्यवस्था समेत गरेको छ ।
नेपालका प्रमुख १६ बढी शहरहरु समेत विश्वका २० देशका ७० भन्दा बढी शहरहरुमा आफ्नो शाखा स्थापना गरी विगत २१ वर्षदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै विश्वभरीबाट एक्सपर्ट मार्फत वैदेशिक अध्ययनको लागि एक लाख भन्दा बढी विदेशका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि गईसकेको एक्सपर्ट एजुकेशनका ट्रेनिङ्ग एण्ड ग्रोथ म्यानेजर प्रकाश न्यौपानेले जानकारी दिए ।
तसर्थ ढुक्क भएर शुक्रबार एक्सपर्ट एजुकेशन एक्स्पोमा आई विज्ञहरुसंग वैदेशिक अध्ययनबारे विस्तृत रुपमा बुझेर लाभान्वित हुन सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई एक्सपर्ट परिवारको तर्फबाट उनले आग्रह गरे ।