नदीजन्य पदार्थको उत्खनन् र बिक्रीवितरणमा कुरा नमिलेपछि खुकुरी प्रहार, दुई युवा गम्भीर घाईते 

खुकुरी प्रहारको आंशकामा ४ जना पक्राउ


सेतोखरी सेतोखरी   आइतबार, भदौ २, २०८१
नदीजन्य पदार्थको उत्खनन् र बिक्रीवितरणमा कुरा नमिलेपछि खुकुरी प्रहार, दुई युवा गम्भीर घाईते 

नेपालगन्ज २ भदौ : नदीजन्य पदार्थको उत्खनन् र बिक्रीवितरणमा कुरा नमिलेपछि दुई समुहबीच खुकुरी हानाहान हुँदा दुई जना गम्भीर घाईते भएकाछन् । 

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–५ बिनौनामा भएको दुईवटा समुहबीचको झडपमा परि २ जना गम्भीर घाइते भएका हुन् । शनिबार राती साढे आठ बजे भएको उक्त झडपका क्रममा खुकुरी प्रहार भएको थियो ।

घाइते हुनेहरुमा बैजनाथ–७ पर्शुरामपुरका २८ वर्षिय शुलभ मल्ल र राप्तीसोनारी– २ मदुवाका २८ वर्षिय सन्दिप विष्ट रहेको बाँके प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समुहको विषयमा भने प्रहरीले खुलाएको छैन ।

प्रहरीका अनुसार घाईते मल्लको बाँया कोखामा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको छ भने विष्टको दुबै हात र कुममा खुकुरीले चोट लागेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

घाइतेहरुको नेपालगन्ज नसिंङहोममा उपचार भइरहेको छ । नदी उत्खनन्का क्रममा भएको विबादमा झडप भएको स्रोतको दाबी छ । नदीजन्य पदार्थको उत्खनन् र बिक्रीबितरणमा कुरा नमिलेपछि दुई समुहबीच झडप भएको बताइएको छ ।

यद्यपी घाईते हुने र खुकुरी प्रहार गर्नेहरु कुन समुहका हुन भन्ने खुलाइएको छैन ।

यसैबीच, बाँके प्रहरीका अनुसार खुकुरी प्रहारमा संलग्न भएको आंशकामा ४ जना युवालाई नियन्त्रण लिएकोछ । 

खुकुरी प्रहार घटनामा संलग्नको आशंकामा नेपालगन्ज र कोहलपुरबाट ४ जना युवालाई पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान अघि बढाएको बाँके प्रहरीले जनाएकोछ ।