नेपालगन्ज ३ भदौ : आज बेलुका बाँकेको राप्ती नदी स्थित सिधनिया घाटमा गंगा महाआरती हुँदैछ । जिल्लामै पहिलोपटक गंगा महाआरती हुन लागेको हो ।
धार्मिक पर्यटन प्रबद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गर्ने तयारी पुरा भएको छ ।
बाँके डुडुवा गाउँपालिका वडा नम्बर–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा आज बेलुका ६ बजे गंगा महाआरती गरिनेछ ।
यो पनि पढ्नुहोस् बाँकेको राप्ती नदी सिधनिया घाटमा गंगा महाआरती हुने
राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती गर्न लागिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताए । उनका अनुसार आज श्रावण शुक्ल पुर्णिमाका दिन साँझ ६ बजे महाआरती सुरु गर्न लागिएको हो ।
स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा आजदेखि सुरु हुने महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिने छ ।
राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैंमा दुर्गा मुर्तिको प्रतिमा विसर्जन, दिपावलीमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय–समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुने गरेको छ ।
यो पनि पढ्नुहोस् कार्तिक पूर्णीमाः मेलामय बाँके
राप्ती नदी, पुल, मन्दिर र निमार्ण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न थालिएको स्थानीय अगुवा सूर्यलाल यादवले बताए ।
उनका अनुसार यस क्षेत्रलाई जिल्ला मै पहिचान गराई यहाँको सम्भावनालाई दीगो बनाउन पहल गरिएको हो ।
यो पनि पढ्नुहोस् कार्तिक अन्तिम साता नेपालगन्जमा बैकुण्ठधाम अध्यात्मिक महोत्सव
राप्ती नदीमा अहिले डुडुवा गाउँपालिकाको सहयोगमा शवदाह केन्द्र निमार्ण भईरहेको छ भने बैकुण्ठधाम सिधनियाघाट पनि निमार्ण हुन लागेको हो ।