नेपालगन्ज ३ भदौ : रत्न राजमार्ग (कोहलपुर–सुर्खेत) अन्तर्गत सडकमखण्डमा सोमबार दिउँसो फरक–फरक समयमा दुईवटा फोर्स गाडी दुर्घटना भएका छन् । उक्त दुई वटा गाडी दुर्घटनामा परी ३३ जना घाइते भएका प्रहरीले जनाएको छ ।
सुर्खेत प्रहरीका अनुसार लु१च ४०९१ नम्बरको एउटा फोर्स गाडी रत्न राजमार्ग (कोहलपुर–सुर्खेत) अन्तर्गत भेरीगंगा नगरपालिकाम–१२, को पाडुले भन्ने ठाउँमा सोमबार दिउँसो दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । कोहलपुरबाट सुर्खेत जाँदै गरेको उक्त गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोछ ।
यस्तै सोमबार दिउँसो ३ः२० बजे भेरीगंगा नगरपालिका–५ एमाले मोड (बबइको छेउ) मा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको अर्को फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको उक्त गाडी अनियन्त्रित भएर सडक छेउको नालामा ठोक्किएको थियो । उक्त गाडी दुर्घटनामा २१ जना घाइते भएकाछन् ।
उक्त दुर्घटनाका घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेज र पाडुलेको दुर्घटनामा घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकोछ ।