नेपालगन्ज टीन हन्ट–२०२४ गरिदैँ


सेतोखरी सेतोखरी   बुधबार, भदौ ५, २०८१
नेपालगन्ज टीन हन्ट–२०२४ गरिदैँ

नेपालगन्ज ५ भदौ : बाँकेमा ‘नेपालगन्ज टीन हन्ट–२०२४’ हुन लागेको छ । फारवेस्ट ट्यालेन्ट हन्टको आयोजनामा आगामी भदौको अन्तिम  शनिवार ग्राण्ड फिनाले गर्ने गरी अडिसनलाई तिब्रता दिइएकोछ ।

ट्यालेन्ट हन्टमा १५ देखि २४ वर्ष समूहका युवा, युवतीले सहभागिता जनाउन सकिने कम्पनीका सञ्चालक प्रिन्स क्षेत्रीले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार फारवेस्ट ट्यालेन्ट हन्ट संस्था २०१९ दर्ता भइ देशका विभिन्न सहरहरुमा कार्यक्रम गर्दै आएको छ ।

यस कम्पनी मार्फत ‘प्रिन्स एण्ड प्रिन्सेस आफ काठमाडौँ’, ‘प्रिन्स एण्ड प्रिन्सेस आफ पोखरा’, ‘प्रिन्स एण्ड प्रिन्सेस आफ धनगढी’, ‘मोडल अफ एसईई २०२१–२०२४’ र हाल ‘नेपालगञ्ज टीन हन्ट–२०२४’ सञ्चालन भईरहेको सिईओ समेत रहेका क्षेत्रीले बताए ।

यसअघि फारवेस्ट ट्यालेन्ट हन्टको आयोजनामा ‘प्रिन्स एण्ड प्रिन्सेस आफ नेपालगञ्ज–२०२३’ सञ्चालन गरी सकेकोछ । आयोजक क्षेत्रीका अनुसार यो प्रतियोगितामा न्युनतम १५ जना सहभागी आवश्यक भएकोमा हालसम्म आठ जनाले सहभागिता जनाईसकेका छन् । अधिक्तम १२ जना सहभागीलाई थप समावेश गराईनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

अन्तिम राउण्डमा जजमा चर्चित कलाकार पूजा शर्मालाई ल्याउने आयोजकको तयारी छ । उनले सहभागी हुनका लागि आवश्यक समन्वय गर्न समेत अह्वान गरेका छन् । 
प्रतिव्यक्ति दश हजार प्रवेश शुल्क लिइने यो प्रतियोगितामा प्रतिस्पर्धीलाई ग्राण्ड फिनालेसम्म पुग्न तालिम, मेकअप र ड्रेस समेत आयोजकले नै व्यवस्था गर्नेछ ।

उनले भने, ‘यहाँबाट सहभागीले भोलिका दिनहरुमा मोडलिङ क्षेत्रमा अगाडि बढ्नका लागि साथ र सर्पोट गरिने तथा १४ देखि माथीका युवायुवतीले नयाँ रोजगार र स्कील प्राप्त गर्नेछन् ।’

उपाधि विजेतालाई वेभ सिरिजमा काम गर्ने, म्युजिक भिडियोहरुमा काम गर्ने, प्रोफेसनल फोटो सूट, विदेश टूर लगायतका अवसर प्राप्त गर्नेछन् ।