टीआरसी सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित


सेतोखरी सेतोखरी   बिहीबार, भदौ ६, २०८१
टीआरसी  सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

नेपालगन्ज ६ भदौ : सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विनासंशोधन राष्ट्रिय सभाबाट पारित भएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव विहीबारको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

यो पनि पढ्नुहोस् टीआरसी विधेयक प्रतिनिधिसभाबाट पास

त्यसअघि कानुनमन्त्री चौरसियाद्वारा प्रस्तुत ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् कानून समितिबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्तावमाथि दफावार प्रारम्भ हुने जानकारी गराएका थिए । उनले उक्त प्रस्तावमाथि संशोधन प्रस्ताव दर्ता नभएको व्यहोरा जानकारी गराए । सो प्रस्तावमाथि दलीय आधारमा छलफल भएको थियो । राष्ट्रियसभाले सो विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।

यो पनि पढ्नुहोस् टीआरसी विधेयकले पिडीतहरुमा न्याय पाउने आश

उक्त विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएको थियो । सो विधेयक २०७९ फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रतिनिधिसभामा उत्पत्ति भएको सो विधेयक सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सो ऐन कार्यान्यवनमा आउनेछ । राष्ट्रिय सभाको अर्को बैठक यही भदौ ९ गते आइतबार अपराह्न १ः१५ बजे बस्नेछ ।