भारतको उत्तराखण्डमा पहिरोः दैलेख र चितवनका चार नेपालीको मृत्यु


सेतोखरी सेतोखरी   शुक्रबार, भदौ ७, २०८१
भारतको उत्तराखण्डमा पहिरोः दैलेख र चितवनका चार नेपालीको मृत्यु

नेपालगन्ज ७ भदौ : भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू हुन् । उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित केदारनाथ जाने सडकमा गएको पहिरोमा परेर उनीहरूको ज्यान गएको हो ।

भारी वर्षको कारण बिहीबार राती करिब साढे १ बजे पहिरो खसेको थियो । सोही पहिरोमा मजदुर पुरिएको सूचना पाएपछि भारतीय प्रहरी उद्धारका लागि पुगेको थियो । त्यहाँ चार नेपालीको शव भेटिएको नवभारत टाइम्सले जनाएको छ ।

पहिरोमा परि मृत्यु हुनेहरूको सनाखत भइसकेको छ । चारमध्ये तीनजना चितवनका रहेको पाइएको छ । यस्तै एकजना दैलेखका रहेका छन् ।  

Kanti Aarogya Hospital Nepalgunj

मृत्यु हुनेमा चितवनका तुलबहादुर, पूर्ण नेपाली र कृष्ण परियार तथा दैलेखका चिकु बुढा रहेको समाचारहरूमा जनाइएको छ ।