अमेरिकामा बेपत्ता नर्स ममतालाई श्रीमान नरेशले नै हत्या गरेर शव लुकाएको प्रहरीको अभियोग


सेतोखरी सेतोखरी   शुक्रबार, भदौ ७, २०८१
अमेरिकामा बेपत्ता नर्स ममतालाई श्रीमान नरेशले नै हत्या गरेर शव लुकाएको प्रहरीको अभियोग

नेपालगन्ज ७ भदौ : अमेरिकाको मानसास पार्कबाट बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेलाई श्रीमानले नै हत्या गरेर शव लुकाएको प्रहरीले अभियोग लगाएको छ ।

बिहीबार स्थानीय प्रहरीले घरमा खानतलासी गरेर ममताका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको थियो । भट्टले नै श्रीमतीको हत्या गरेर शव लुकाएको प्रहरीले औपचारिक अभियोग लगाएको स्थानीय संचारमाध्यले बताएका छन् ।

ममता बेपत्ता भएको दुई हप्तापछि उनका श्रीमानलाई पक्राउ गरिएको हो । दुई हप्ता भन्दा बढी समयदेखि ममता बेपत्ता छिन् । अमेरिकी प्रहरीले उनको खोजी जारी राखेपनि अझै पत्ता लगाउन सकेको छैन ।

श्रीमान नरेशले उनी बेपत्ता भएको केही दिनपछि मात्रै प्रहरीलाई खबर गरेको जनाइएको छ । अमेरिकाको मनसासमा बस्ने २७ वर्षीया ममता २७ अगस्टेदेखि सम्पर्कबिहिन छिन् ।
कमनवेल्थ न्यायाधिवक्ताको कार्यालयसँगको परामर्शपछि गुप्तचरहरुले थप अनुसन्धानका लागि भट्टलाई पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

उनीहरुकी एक वर्षीया छोरी छिन् । जसलाई सामाजिक सेवा विभाग र मनसास प्रहरीले अनुमति दिएको एक स्याहारकेन्द्रमा पठाइएको बताइएको छ । उनलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराइनेछ ।

ममता अन्तिम पटक साउन १६ गते मनसास पार्कमा देखिएकी थिइन् । उनी सम्पर्कविहिन भएको केही दिनसम्म श्रीमान् नरेशले खोजीका लागि चासो देखाएनन् । आफन्त र साथीभाइको सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले सोधपुछ गरेपछि मात्रै उनले खोजिका लागि निवेदन दिएको बताइएको छ ।