बाँकेका एमाले नेता पूर्वमन्त्री स्व. दीनेश यादवका माहिला छोराको शव राप्ती बगरमा भेटियो


सेतोखरी सेतोखरी   शनिबार, भदौ ८, २०८१
बाँकेका एमाले नेता पूर्वमन्त्री स्व. दीनेश यादवका माहिला छोराको शव राप्ती बगरमा भेटियो

नेपालगन्ज ८ भदौ :संघीय सरकारका पूर्वमन्त्री एवं एमाले बाँकेका नेता स्वर्गीय दिनेशचन्द्र यादवका छोरा भारतमा मृत फेला परेका छन् । 

यादवका माहिला छोरा धनन्जय यादवको शुक्रबार भारत श्राबस्ती स्थित राप्ती नदीको बगरमा शव फेला परेको हो ।

नेपाली नागरिकता परित्याग गरेर भारत श्राबस्तीको भिन्गा बजारमा बसोबास गर्दै आएका धनन्जयलाई यही भाद्र ५ गते अपहरण गरिएको थियो । अपहरणमा परेका धनन्जयको शव शुक्रबार मध्यान्ह भारत श्राबस्ती स्थित राप्ती नदीको तटमा फेला परेको एमाले लुम्बिनी प्रदेश परिषद सदस्य पदमबहादुर धितालले जानकारी दिए । 

उनले भारतीय स्थानीय निकायमा सरपञ्च पदमा निर्वाचित धनन्जयलाई भदौ ५ गते राती ८ बजे अज्ञात समुहले उनकै घरबाट अपहरण गरेर लगिएको धितालले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

धितालले सामाजिक सञ्जालमा अपहरणमा संलग्न अपराधीको पत्ता लगाई कडा काराबाही गर्न पनि माग गरेका छन् । भारतीय भूमिमा घटना भएको हुन सक्ने भन्दै बाँके प्रहरीले भने घटनाका बिषयमा जानकारी नभएको बताएकोछ ।